२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको नामबाट नागरिकता पाउने कानूनी आधार तय गर्न नागरिकता विधेयक संशोधनः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकता दिई नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले नागरिकतासम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सन्तानलाई नागरिकता प्राप्तिमा बुबाले असयोग गरेको खण्डमा आमाको नामबाट नागरिकता पाउन सकिने व्यवस्था विधेयकमा रहेको स्पष्ट पार्नुभयो । उहाँले गृहमन्त्री लेखकले राष्ट्रिय र नागरिकता नहुनु अत्यन्त पीडादायी अवस्था भएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न सरकारले विधेयकमा विभिन्न प्रस्तावहरू समावेश गरेको पनि बताउनु भयो ।

वर्तमान व्यवस्थाअनुसार बाबु र आमा दुवै नेपाली नागरिक भएमा मात्र सन्तानले वंशजको नागरिकता पाउने र आमा विदेशी भएमा सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था रहेको उहाँले स्मरण गराउनुभयो । संविधानको व्यवस्था परिवर्तन नगरी नागरिकता ऐन संशोधन गर्दा कानूनी जटिलता आउने भएकाले सावधानीपूर्वक विधेयक पारिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘जुन बाबुको सन्तानलाई नागरिकता दिन सहयोग गरिरहेका छैनन् । जुन बाबु भौतिक रुपले बाबु भएपनि आफ्ना सन्तानलाई स्नेह, संरक्षण र अभिभाकत्व दिन तयार छैनन् । र सन्तानले आफ्नो बाबु भएको अनुभूति गर्न सकेको छैन त्यस्ता सन्तान अथवा बाबुपीडित सन्तानको लागि यो व्यवस्था गरिएको हो । यदि कोही आमापीडित सन्तान छन् भने बुबाको मात्रै नामबाट पनि नागरिकता पाउनसक्ने व्यवस्था गर्न सकिन्छ ।

सामान्यतः हामीले आमा कुमाता हुन सक्दैन । आमाले आफ्नो सन्तानको अहित गर्न सक्दिनन् भन्ने सामान्य मान्यता हो । कुनै पनि नागरिकको राष्ट्रियता नै नहुनु भनेको एकदमै पीडादायी हुन्छ । त्यसलाई पनि ख्याल गरेर हामीले विधेयकमा यी प्रश्तावहरु गरेका छौं । आमाले नै वंशजको नागरिकता दिने प्रावधान पनि राख्न सकिन्छ तर त्यसका लागि संविधानतर्फ पनि हेर्नुपर्ने आवश्यकता हुनसक्छ । अहिले हामीले आमा र बाबु दुवै नेपालकै नागरिक हुन भने वंशज हुन्छ । यदि आमा नेपाली नभए अंगिकृत नागरिकता हुन्छ भन्ने व्यवस्था गरेको कारण संविधानको व्यवस्था नै परिवर्तन हुनेगरी ऐन बनायौं भने त्यो ऐन कार्यान्वयन हुन सक्दैन ।’

गृहमन्त्री लेखकले भोलिको दिनमा आमाले सन्तानलाई नागरिकता लिने प्रक्रियामा असहयोग गरेको खण्डमा बाबुको नामबाट मात्रै नागरिकता पाउन सकिने व्यवस्था समेत गर्न सकिने बताउनु भयो ।