१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने तयारी



अ+ अ-

काठमाडौं । सरकारले नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने तयारी गरिएको छ। शनिबार १ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठकले संविधान संशोधन विधेयक पारित गर्ने तय भएको हो ।  

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले संशोधन हाल्ने समय सकिएकाले शनिबारको बैठकमा संविधान संशोधन पारित गर्ने कार्यसूची तयार भएको जानकारी दिए।

सरकारले नेपालको वास्तविक भू-भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो।

सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ।

विधेयक पारित भएर राष्ट्रपतिले लागू भएको घोषणा गरेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ।