३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड
अ+ अ-

काठमाडौं:  नेपालमा मनसुन बाढीको प्रकोप बढिरहेको सन्दर्भमा टिकटकले एक नयाँ सर्च गाइड सार्वजनिक गरेको छ जसले नेपाली प्रयोगकर्तालाई विश्वसनीय र अप-टु-डेट जानकारीसम्म पहुँच प्राप्त गर्न सहयोग गर्नेछ।

प्राकृतिक प्रकोपहरू सम्बन्धी गलत जानकारीहरू फैलिन नदिन र वास्तविक जानकारीको पहुँच सुनिश्चित गर्न, सुरक्षा र तथ्यप्रक सचेतनालाई प्रवर्द्धन गर्ने टिकटकको निरन्तर प्रयासकै हिस्साका रूपमा यो गाइडले प्रमाणित जानकारीहरू उपलब्ध गराउनेछ।

अबदेखि टिकटकमा बाढीसम्बन्धी अपडेट खोज्ने प्रयोगकर्ताहरूले एउटा विशेष ब्यानर देख्नेछन्, जसले उनीहरूलाई विश्वसनीय स्रोतहरूबाट जानकारी भेरिफाई गर्न प्रेरित गर्नेछ।

यो गाइडले प्रयोगकर्तालाई नेपालको राष्ट्रिय विपद् सूचना पोर्टल BIPAD, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिहरूलाई व्यावहारिक सहयोगसमेत समावेश गरिएको ट्र्याजिक ईभेन्ट सपोर्ट गाइडमा सिधै पहुँच दिन्छ।

यो गाइडले प्राकृतिक विपददेखि व्यक्तिगत क्षतिसम्मलाई समेटेर “ट्र्याजिक ईभेन्ट”लाई स्पष्ट रूपमा परिभाषित गर्दछ र त्यस्ता घटनाहरूमा मानसिक स्वास्थ्य सहयोग खोज्ने तरिका तथा यस्ता सामग्री जिम्मेवारीपूर्वक शेयर वा रिपोर्ट गर्ने उपायबारे पनि जानकारी दिन्छ।

टिकटकका दक्षिण एशियाका लागि पब्लिक पोलिसी एण्ड गभर्मेन्ट रिलेसन्स हेड फिरदौस मोत्ताकिनले भने,“संकटको घडीमा समयमै र सही जानकारीको पहुँच अत्यन्तै महत्वपूर्ण हुन्छ भन्ने हामी बुझ्दछौं ।

हामीले विपद् व्यवस्थापनसँग प्रत्यक्ष जोडिएका संस्थाहरूसँग सहकार्य गरेर एवम् यी स्रोतहरूलाई हाम्रा प्रयोगकर्ताको पहुँचमा सहज तरिकाले पुर्याएर, हामी वहाँहरूलाई सचेत निर्णय लिन र सुरक्षित रहन सहयोग गर्न चाहन्छौं।”

यो सुरुवात टिकटकको विश्वसनीय जानकारीलाई प्राथमिकता दिने र आफ्ना प्रयोगकर्ताहरूका लागि सुरक्षित डिजिटल वातावरण निर्माण गर्ने लगायत वृहत लक्ष्यहरूमा आधारित छ।

यी टुलहरूलाई युजर एक्सपिरियन्समै समाहित गरेर टिकटकले आफ्नो कम्युनिटीलाई अर्थपूर्ण सहयोग र भरपर्दो जानकारीको माध्यमबाट सशक्त बनाइरहेको छ।

यो प्लेटफर्म यस्तो वातावरण निर्माण गर्न प्रतिबद्ध छ जहाँ मानिसहरू सहि सूचनाको माध्यमबाट अपडेट भइरहन, आफ्नो मानसिक र सामाजिक स्वास्थ्यको ख्याल राख्न र संवेदनशील क्षणहरूमा जिम्मेवार बन्न सक्नेछन्।