२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम विश्वविद्यालयमा अनुसन्धान व्यवस्थापन इकाइ कार्यालय स्थापना



अ+ अ-

कञ्चनपुर। सुदूरपश्चिम विश्वविद्यालयको शिक्षाशास्त्र विभागमा आज अनुसन्धान व्यवस्थापना इकाइ कार्यालय स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु १० लाखको आर्थिक सहयोगमा उक्त इकाइ स्थापना गरिएको हो ।

गुरुपूर्णिमाका अवसरमा आयोजित एक विशेष समारोहमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले कार्यालयको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा पूर्वमुख्यमन्त्री रावलले परम्परागत शिक्षण पद्धतिलाई नवप्रवर्तनयुक्त शैक्षिक प्रणालीसँग जोड्न तथा नीति निर्माणमा आधारित तथ्य अनुसन्धानलाई संस्थागत गर्न यो इकाइ महत्वपूर्ण रहने बताउनुभयो । उहाँले अनुसन्धानमैत्री वातावरण निर्माणमा यसले दीर्घकालीन योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

प्रदेश सरकारबाट उपलब्ध बजेटमार्फत स्मार्ट बोर्ड, ल्यापटप, कम्प्युटर, कुर्सी, टेबललगायत सामग्री खरिद गरिएको छ । यसअघि, अघिल्लो आर्थिक वर्षमा व्यवस्थापन सङ्कायमा आइसिटी ल्याव स्थापना गरिएको थियो भने आगामी आवमा विश्वविद्यालयमा अनुसन्धान केन्द्र स्थापनाका लागि बजेट व्यवस्था गरिएको जानकारी दिइएको छ । रासस