१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप
अ अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गरेको छ ।

रिर्फर सेन्टरका रुपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय २३ जना विशेषज्ञ चिकित्सकसहितको सेवा दिन थालेको हो । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन अर्जुन भट्टले छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सक थपिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मेडिसिन विभाग, हाडजोर्नी विभाग, सर्जरी विभाग, स्त्री तथा प्रसूति रोग विभाग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा थपिएको हो । “विशेषज्ञ सेवा थपिएपछि यहाँका सेवाग्राहीलाई उपचारमा सजिलो हुन्छ”, भट्टले भन्नुभयो, “एउटै विभागमा दुई÷तीन जना विशेषज्ञ हुँदा एक जना बिदामा बस्दा पनि समस्या हुँदैन ।” यसअघि एउटा विभागमा एक जनामात्रै विशेषज्ञ चिकित्सक हुँदा बिदामा जाँदा उक्त सेवा बन्द हुने गरेको थियो ।

“अस्पतालमा पहिलो पटक यतिधेरै विशेषज्ञ चिकित्सक आएका हुन्”, उहाँले भन्नुभयो, “विशेषज्ञ सेवा थपिएपछि अहिले दैनिक ४०० देखि ५०० सेवाग्राहीले दैनिक सेवा लिने गरेका छन् ।” अस्पतालमा २८ जना विशेषज्ञ चिकित्सककोे दरबन्दी रहेको भए पनि अहिले एक जनामात्रै दरबन्दीमा कार्यरत छन् । अन्य विशेषज्ञ चिकित्सक छात्रवृत्ति करार र अस्पताल व्यवस्थापन समितिबाट करारमा सेवा दिँदै आएका छन् ।

विगतको तुलनामा अस्पतालले विशेषज्ञसहितको सेवामा सुधार गर्दै गएको अस्पताल व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिनुभयो ।  “अहिले एउटै विभागमा दुई÷तीन जना विशेषज्ञ चिकित्सकले सेवा दिइरहनुभएको छ यसले सेवाग्राहीलाई सजिलो भएको छ”, उहाँले भन्नुभयो, “अहिले विशेषज्ञ चिकित्सक सेवा थपिँदै गएको सरकारले त्यहीअनुसारको भौतिक पूर्वाधार र स्वास्थ्य उपकरणमा ध्यान दिनुपर्छ ।”

उहाँले सरकारले दरबन्दीअनुसार लोकसेवाबाट पदपूर्ति गर्न नसक्दा अहिले करारमा मात्रै चिकित्सक काम गरिरहेको बताउनुभयो । “विगतको तुलनामा यहाँबाट सेवा लिने बिरामीको सङ्ख्या बढेको छ”, उहाँले भन्नुभयो, “अहिलेको मुख्य आवश्यकता भनेको सिटिस्क्यान हो, यो उपलब्ध भयो भने कुनै पनि बिरामीले यहाँबाट अन्यत्र रिफर हुनुपर्दैन ।”

विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको अस्पताल २०३१ सालमा २५ श्ययाको जिल्ला अस्पतालमा परिणत भएको थियो । जिल्ला अस्पतालबाट स्तरोन्नति हुँदै २०४३ सालमा ५० श्ययाको अञ्चल अस्पताल (रेफरल सेन्टर) भयो । मुलुकमा सङ्घीयतापछि प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भएपछि भने अस्पतालले विशेषज्ञ सेवा दिन थालेको हो ।

अस्पतालमा स्वीकृत स्थायी दरबन्दीअनुसार ११ तहका विशेषज्ञ चिकित्सक चार जना र नवौँ र १० तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी छ । अहिले अस्पतालमा मेडिसिन विभागमा चार जना, हाडजोर्नी विशेषज्ञ तीन जना, स्त्रीरोग विशेषज्ञ तीन जना, बालरोग विशेषज्ञ दुई जना, नाक, कान घाँटी विशेषज्ञ दुई जना, एनेस्थेसियोलोजिस्ट दुई जना, सर्जरी विशेषज्ञ तीन जना र रेडियोलोजिस्ट दुई जना कार्यरत छन् ।

त्यसैगरी, एक जना मानसिक रोग विषेशज्ञ कार्यरत छन् । अस्पतालमा, जनरल फिजिसियन, प्याथोलोजिस्ट, डर्माटोलोजिस्ट विशेषज्ञ चिकित्सको दरबन्दी भए पनि हालसम्म दरबन्दीअनुसारका चिकित्सकहरु उपलब्ध हुन सकेका छैनन् । रासस