१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

वडा र स्वास्थ्य चौकी भवन निर्माण

वडा र स्वास्थ्य चौकी भवन निर्माण
फाइल फोटो
अ अ+ अ-

सिरहा। लहान नगरपालिका–१२ स्थित पडरिया थारुटोलमा रु ७५ लाखको लागतमा वडा कार्यालय र स्वास्थ्य चौकीको संयुक्त दुई तले भवन निर्माण सम्पन्न भएको छ ।

आज एक कार्यक्रमबीच नगरप्रमुख महेशप्रसाद चौधरी र वडाध्यक्ष बद्रीनारायण चौधरीले संयुक्त रूपमा सो भवनको उद्घाटन गर्नुभयो । उक्त भवनको तल्लो तलामा स्वास्थ्य चौकी तथा माथिल्लो तलामा वडा कार्यालयको सेवा प्रवाह गरिनेछ । उद्घाटन कार्यक्रममा नगरप्रमुख चौधरीले लहान नगरपालिकाका २४ वटै वडाले अब आफ्नै भवनमार्फत सेवा प्रवाह गर्ने बताउनुभयो ।

वडाध्यक्ष बद्री नारायण चौधरीका अनुसार चालु आर्थिक वर्षको समपुरक कोष अन्तर्गत नगरपालिका तथा सङ्घीय सरकारको संयुक्त बजेटबाट उपभोक्ता समितिमार्फत भवन निर्माण गरिएको हो । उहाँका अनुसार यसअघि वडा कार्यालयले भाडाको घरबाट सेवा दिँदै आएको थियो ।

स्वास्थ्य चौकीका प्रमुख अरविनकुमार चौधरीले चौकीको पुरानो अवस्थाबारे जानकारी दिँदै भन्नुभयो, “हामी एक कोठे जीर्ण भवनबाट सेवा प्रवाह गर्दै आएका थियौँ । वर्खामा पानी चुहिन्थ्यो, औषधी तथा अन्य सामग्री राख्न समस्या हुन्थ्यो ।” रासस