२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गेश र सिसन बानियाको ‘जाने भए जाम माया’ बन्यो २४ घण्टामा युट्युबमा धेरै हेरिने नेपाली गीत



अ+ अ-

काठमाडौं । दुर्गेश थापा र सिसन बानियाको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा रेकर्ड बनाएको छ ।

सिसन र भाइरल ‘गुराँस नानी’सँग सहकार्यमा बनेको उक्त गितले रिलिजको २४ घण्टाभित्र सर्वाधिक भ्यूज पाउने नेपाली गीतको रेकर्ड बनाएको हो ।

बुधबार बेलुका रिलिज भएको उक्त गीत केही घण्टामै ट्रेन्डिङमा आएको थियो । अहिले ट्रेन्डिङ नम्बर १ मा रहेको यो गीतले १७ लाखभन्दा बढी भ्युज पाइसकेको छ । एक लाख ९० हजारभन्दा बढीले लाइक गरेका छन् भने १६ हजारभन्दा बढी कमेन्ट छन् ।

दुर्गेशको गीतले विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको रकर्ड तोडेको हो । उक्त गीत रिलिजको दिनमा १५ लाख पटक हेरिएको थियो ।

दुर्गेशकै शब्द र संगीत रहेको गीतमा उनीसहित सिसन र अल्हाजी गेरोले स्वर दिएका छन् ।