७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकप छनोटको खेलतालिका सार्वजनिक, नेपाल समूह-२ मा



अ+ अ-

काठमाडौं । पुरुष आईसीसी टी–२० विश्वकप एसिया र पूर्वी एसिया–प्यासिफिक छनोट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।

ओमनमा हुने उक्त छनोटमा नेपाल समूह-२ मा परेको छ । नेपालको समूहमा कुवेत र जापान रहेका छन् ।

छनोटमा सहभागी ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह(१ मा युएई, मलेसिया र कतार रहँदा समूह(३ मा आयोजक ओमान, पपुवान्यूगिनी र सामोआ छन् ।

तीनवटै समूहबाट शीर्ष दुईमा रहने टोली सुपर-६ मा पुग्नेछ । सुपर(६ बाट शीर्ष ३ मा पर्ने टोलीले सन् २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा छनोट खेल्नेछन् ।

छनोट अक्टोबर ८ देखि १७ सम्म हुनेछ । नेपालले पहिलो खेल अक्टोबर ८ मा कुवेतसँग र दोस्रो खेल अक्टोबर १० मा जापानसँग खेल्नेछ ।