२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोल्पाको थवाङका सात कर्मचारी तीन दिनपछि आए सम्पर्कमा



अ+ अ-

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीन दिनपछि पालिकाको सम्पर्कमा आएका छन् ।

असार २३ गते राति ९ बजे कार्यालयबाट निस्केका उनीहरु बुधबार मात्रै सम्पर्कमा आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर लगायत सात जना कर्मचारी बुधबार सम्पर्कमा आएको गाउँपालिकाका अध्यक्षा ऋषिकेष बुढामगरले बताएका छन् ।

कर्मचारीहरु गुल्मी गएको पत्ता लागेको छ । भुक्तानी गर्न नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारीहरू सम्पर्कविहीन भएका थिए । कर्मचारीहरु हराएपछि गाउँपालिकाले सूचना नै निकालेको थियो ।

साँझ ७–८ बजेदेखि बिहान ८ बजेसम्म नेटवर्कले काम नगर्ने भएपछि असार २३ गते राति उनीहरु थबाङबाट निस्किएका थिए ।

प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरू सम्पर्कविहीन भएपछि पालिकाले सूचना नै जारी गरेर उनीहरूलाई सम्पर्कमा आउन भनेको थियो ।

प्रमुख प्रशासकीय अधिकृतसँगै सहायक प्रशासक हरिश माझी, सह-लेखापाल यज्ञ प्रसाद कँडेल, सबइन्जिनियर चन्द्रप्रकाश ओली, सबइन्जिनियर निशा आचार्य, शिवकुमार वली र सवारी चालक प्रदीप केसी सम्पर्कविहीन भएका थिए ।