१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भारत सम्बन्धको महत्व भोलि पनि कायमै रहनुपर्छ– शशांक कोइराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले काँग्रेस सधैँ राष्ट्रियता, देशको अखण्डतारप्रति सजग रही आएको बताउँदै नेपाली भूमि समेटेर तयार गरिएको यो नक्साका लागि संविधान संशोधनका पक्षमा काँग्रेसले पूर्ण समर्थन गर्ने बताए । उनले काँग्रेसका संस्थापक नेता वीपी कोइरालाले राष्ट्रियताका बारेमा दिएका अभिव्यक्ति र आदर्श हाम्रा लागि महत्वपूर्ण रहीआएको छ उनले भने ।  

नयाँ नक्सालाई समेटेर संविधान संशोधन गर्न लागिएको आजको संसदमा संबोधन गर्दै उनले सो प्रस्तावमा नेकाले एक ढिक्का भएर मतदान गर्ने बताए । 
नेपाल र भारतकाबीच रहेको खुला सीमाना यी दुवैतर्फको महत्व हो उनले भने । भारत र चीन दुवै राष्ट्र अहिले आर्थिक विकासका क्षेत्रमा उत्तम गतिको रुपमा उक्लिएका छन् भन्दै उनीहरुको समृद्धिका लागि पनि हामीले छिमेकीका लागि भूमिका खेल्न सक्छौँ भने ।
 
नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई बिग्रिन दिन हुदैन उनले भने । नेपालले आफ्नो नक्सामा आफ्नो भूमि समेट्नु अति आवश्यक छ भन्दै उनले तर यसबाट भारतसँगको सम्बन्धमा कुनै पनि असर पर्नु हुदैन । 

यसका लागि सरकार नै बढी संवेदनशिल हुनुपर्ने उनले बताए । विगतदेखिका सम्बन्धहरुको महत्वलाई कायमै राख्नका लागि अबका दिनमा सरकार अझ बढी कूटनीतिक रुपमा सक्रिय रहनुपर्ने सुझाव उनले दिए । नेपाल भारत सम्बन्धको महत्वलाई यो नक्साका कारण बिग्रिन दिनु हुदैन अझ राम्रो बताउनुपर्छ उनले भने ।