२६ आश्विन २०८१, शनिबार
,
Latest
कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल भारत सम्बन्धको महत्व भोलि पनि कायमै रहनुपर्छ– शशांक कोइराला



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले काँग्रेस सधैँ राष्ट्रियता, देशको अखण्डतारप्रति सजग रही आएको बताउँदै नेपाली भूमि समेटेर तयार गरिएको यो नक्साका लागि संविधान संशोधनका पक्षमा काँग्रेसले पूर्ण समर्थन गर्ने बताए । उनले काँग्रेसका संस्थापक नेता वीपी कोइरालाले राष्ट्रियताका बारेमा दिएका अभिव्यक्ति र आदर्श हाम्रा लागि महत्वपूर्ण रहीआएको छ उनले भने ।  

नयाँ नक्सालाई समेटेर संविधान संशोधन गर्न लागिएको आजको संसदमा संबोधन गर्दै उनले सो प्रस्तावमा नेकाले एक ढिक्का भएर मतदान गर्ने बताए । 
नेपाल र भारतकाबीच रहेको खुला सीमाना यी दुवैतर्फको महत्व हो उनले भने । भारत र चीन दुवै राष्ट्र अहिले आर्थिक विकासका क्षेत्रमा उत्तम गतिको रुपमा उक्लिएका छन् भन्दै उनीहरुको समृद्धिका लागि पनि हामीले छिमेकीका लागि भूमिका खेल्न सक्छौँ भने ।
 
नेपाल र भारतबीच रहेको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई बिग्रिन दिन हुदैन उनले भने । नेपालले आफ्नो नक्सामा आफ्नो भूमि समेट्नु अति आवश्यक छ भन्दै उनले तर यसबाट भारतसँगको सम्बन्धमा कुनै पनि असर पर्नु हुदैन । 

यसका लागि सरकार नै बढी संवेदनशिल हुनुपर्ने उनले बताए । विगतदेखिका सम्बन्धहरुको महत्वलाई कायमै राख्नका लागि अबका दिनमा सरकार अझ बढी कूटनीतिक रुपमा सक्रिय रहनुपर्ने सुझाव उनले दिए । नेपाल भारत सम्बन्धको महत्वलाई यो नक्साका कारण बिग्रिन दिनु हुदैन अझ राम्रो बताउनुपर्छ उनले भने ।