१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २२ अङ्कले बढ्यो



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार ७०५ दशमलव ९० को विन्दुमा कायम भएको हो ।

आज ३१६ कम्पनीको एक करोड ५८ लाख २२ हजार ९७० कित्ता शेयर ६२ हजार ८८४ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ बराबरको कारोबार भएको छ । आजको कारोबारमा वित्त समूह शून्य दशमलव ३८ र म्युचुअल फण्ड शून्य दशमलव शून्य एक प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी बैंकिङ एक दशमलव ६८ र लगानी समूह एक दशमलव ३७ प्रतिशतले बढेको छ । विकास बैंक शून्य दशमलव ३४, होटल तथा पर्यटन शून्य दशमलव २८, जलविद्युत् शून्य दशमलव ५४, जीवन बिमा शून्य दशमलव २४, उत्पादन तथा प्रशोधन शून्य दशमलव ९५, लघुवित्त शून्य दशमलव ८५, निर्जीवन बिमा शून्य दशमलव २४, व्यापार शून्य दशमलव ३४ र अन्य समूह शून्य दशमलव ३० प्रतिशतले बढेको छ ।

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव २१ प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य चार दशमलव ४१ प्रतिशतले घटेको छ ।