१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

पहिरोले दुई घर पुर्दा तीनको मृत्यु, ६ जना वेपत्ता

पहिरोले दुई घर पुर्दा तीनको मृत्यु, ६ जना वेपत्ता
अ अ+ अ-

पर्वत । पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार रातिको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।  ६ जना वेपत्ता भएका छन् । साँझ करिब २ घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीन कुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको छ । थापाको घरमा रहेका अन्य तीन र कमला विकको घरमा रहेका ३ जना वेपत्ता भएका भएका छन् । बेपत्ता हुनेहरुमा सम्राट थापा, दिपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक रहेका छन् ।

उनीहरुको स्काभेटर प्रयोग गरी खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकोे छ । घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए । स्थानीयबासी र सुरक्षाकर्मीले खोजी गर्ने क्रममा तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले जानकारी दिए । बेपत्ताको उनीहरुको खोजी भहरहेको प्रहरी निरीक्षक सुवेदीले बताए। राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएको थियो ।  विहानबाट पुनः खोजी सुरु भएको कुस्मा नगरपालिका–३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले बताए ।

शनिबार साँझ ६ बजेदेखि करिब दुई घण्टा परेको मुसलधारे पानीपछि पहिरो गएको हो । पहिरोले घरमा रहेका पशुचौपायासमेत मरेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटर भन्दा माथिबाट पहिरो आएको छ । अन्नपुर्णपोष्ट दैनिक