काठमाडौँ । म्याग्दीको धौलागिरि गाउँपालिका– ४ बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनिएको छ ।
पहिरो नदीमा थुप्रिएर तलाउ बनेको र त्यहाँ निरन्तर पहिरो खसिरहेको बताइएको छ ।
धौलागिरि गाउँपालिका ४ र ७ को सिमाना काउसीबोटको भिरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो ।
नदी थुनिएपछि तटीय क्षेत्रका बस्तीहरू छहरी, कल्लेनी, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिंगा र बेनी बजार लगायतका स्थानमा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।











