१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ गभर्नर आएपछि डिपार्चर होस्ः वर्षमान पुन



अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री वर्षमान पुनले वित्त नीति संकुचित भएकाले मौद्रिक नीति संयमित तवरले ल्याउनुपर्ने बताउनुभएको छ ।

बुधवार अर्थ समितिमा मौद्रिक नीतिबारे भएको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो समय वित्त नीतिमा आएको संकुचनका कारणले आवधीक योजनामा राखिएको लक्ष्य भन्दा पनि बजेट कम हुँदै आएको छ । उहाँकाअनुसार नयाँ गभर्नर आएपछि निजी क्षेत्रले डिपार्चर होस् भन्ने चाहेका छन् । डिपार्चर हुनपर्ने तर संयमता गुमाउन नहुने उहाँले बताउनु भयो ।

पुनले भन्नुभयो–‘नयाँ गभर्नरबाट निजी क्षेत्रले आशा धेर्रै गरेको छ । मौद्रिक नीति ल्याउँदै हुनुहुनछ संयमित खालको ल्याउनुहोला । बढी लचिलो नहोस् । विगतमा लचिलो ल्याइएका कारण अहिलेसम्म असर परिरहेको छ ।  मौद्रिक नीतिले  नियमनको पक्षलाई जोड दिओस् । सरकारले स्टार्टअपलाई जोड दिँदै आएको छ मौद्रिक नीतिले त्यता फोकस गरोस् ।’

उहाँकाअनुसार मौद्रिक नीतिले सरकारका नीतिहरुलाई सर्पोर्ट गर्नुपर्छ ।  मुद्रास्फीति कम तर मजदुर गृहणीले महशुस गर्न नपाएको अवस्था छ अहिले त्यतातर्फ राष्ट्र बैंकले ध्यान दिनुपर्छ । मौद्रिक नीति खुकुलो सन्तुलित समग्र अर्थतन्त्रलाई चलायमन गर्ने खालको आउनुपर्ने उहाँले बताउनु भयो । उहाँका अनुसार संघीयतामा मुलुक गएपनि हाम्रा वित्तीय संस्था अझै सोही अनुकुलका हुन सकेनन् । त्यसतर्फ समेत ध्यान आगामी मौद्रिक नीतिले दिन सक्नुपर्छ ।