३ पुष २०८२, बिहीबार
,
Latest
वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज नेकपा सचिवालय बैठक बस्दै



अ+ अ-

काठमाडौं । अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले आज सचिवालय बैठक बोलाएको छ । बैठक आइतबार अपराह्न ४ बजेलाई तय भएको एक नेताले बताए । नेकपाले गत २७ गते पनि सचिवालय बैठक आह्वान गरेको थियो। अमेरिकी अनुदान सहायता प्रस्ताव मिलेनियम च्लालेन्ज कम्प्याक्ट ९एमसीसी० मुख्य कार्यसूची बनाइएको त्यस दिनको बैठक अन्तिम समयमा स्थगित भएको थियो। सदनमा संविधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाले बैठक सार्नुपरेको बताइएको थियो । उक्त परियोजना लागु गर्नुपर्ने समय नजिकिँदै जाँदा एमसीसी संसद्ले अनुमोदन गर्ने कि नगर्ने भन्ने विवाद छ।

सो परियोजना परित गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि नै ध्यानाकर्षण गराइसकेको छ। कांग्रेस सरकारको पालामा (२०७४ भदौ २९ गते) अनुदान सम्झौतामा हस्ताक्षर भएकाले यो सरकारले एमसीसी बिनासर्त पास गर्नुपर्ने उसको धारणा छ।

पूर्ववर्ती सरकारले गरेका निर्णय सरकारले कार्यान्वयन गर्नुपर्ने कांग्रेसको धारणा छ। सत्तारूढ दल नेकपा भने विभाजित भएको छ। स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा एमसीसीका केही प्रावधान र एमसीसीसँग सम्बन्धित पूरक सम्झौताहरू असमान, राष्ट्रियहित विपरीत रहेको निष्कर्ष निकाल्दै जस्ताको तस्तै पास गर्न नहुने पक्षमा छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । सौर्य दैनिक