१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक राजेशपायलमाथि पूर्वपत्नीको यौन हिंसा आरोप



अ+ अ-

काठमाडौं। चर्चित गायक राजेशपायल राईमाथि उनकी पूर्वपत्नी साङबुङले यौन हिंसाको गम्भीर आरोप लगाएकी छन्।

साङबुङले राजेशपायलबाट कथित रुपमा दुर्व्यवहार र जबरजस्ती सम्बन्ध कायम गर्न खोजिएको भन्दै प्रहरीसमक्ष उजुरी गर्ने तयारी गरेकी छिन्।

सन् २०८० साल चैतमा डिभोर्स भएका यी दम्पतीका एक तीन वर्षे छोरा छन्। डिभोर्सपछि राजेशपायलले नक्सालस्थित घर अंश साङबुङलाई दिएका थिए जहाँ उनी छोरा सहित बस्दै आएकी छिन्। राजेशपायल भने अनामनगरस्थित अर्को घरमा बस्छन्।

“हिजो बेलुका राजेशपायल घर आएका थिए। उनी प्रायः बिहान ५ बजेदेखि राति ३ बजेसम्म कहिले जहाँ पनि अनियमित समयमा आउँछन् र प्रायः मदिरा सेवन गरेका हुन्छन्।”

उनले थपिन्, “उहाँले मलाई दुर्व्यवहार मात्र गरेनन्, जबरजस्ती शारीरिक सम्बन्ध बनाउन खोजे। मेरो अस्वीकार गरेपछि कुटपिट समेत गर्नुभयो। म भागेर नानीको कोठामा गएकी थिएँ, तर उहाँले त्यहाँ पनि फोर्स गर्न खोज्नुभयो।”

साङबुङले आफूलाई परेको चोटको फोटो र सुरक्षा सुनिश्चित गर्न प्रहरीलाई फोन गरेको र प्रहरीको आउँदा पनि राजेशपायलले घर नछोड्न दबाव दिएको बताइन्। उनले अझै जाहेरी हाल्न नचाहेको तर निकट भविष्यमा कानुनी कदम चाल्ने चेतावनी दिइन्।

यो घटनाले चर्चित कलाकारको निजी जीवन विवादमा आएको छ भने समाजमा यौन हिंसा र पारिवारिक हिंसाविरुद्धको चेतना र संरक्षणको विषय पुनः सक्रिय बनाएको छ। प्रहरी र सम्बन्धित निकायले घटनाको थप अनुसन्धान गरी आवश्यक कारबाही गर्ने विश्वास व्यक्त गरिएको छ।