५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

झाँक्रीलाई समाजवादीको अल्टिमेटम : ७ दिनभित्र स्पष्टीकरण, नत्र निष्कासन सम्भावना



अ+ अ-

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले पूर्वमन्त्री तथा नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप सात दिनको समय दिएको छ। पार्टी सचिवालयको बैठकले अनुशासन प्रक्रिया अगाडि बढाउँदै समयावधि लम्ब्याउने निर्णय गरेको हो।

झाँक्रीले केही दिनअघि पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष माधवकुमार नेपालमाथि लक्षित रूपमा पुनर्गठनको आवश्यकता रहेको संकेत गरेकी थिइन्। १४ असारमा सार्वजनिक कार्यक्रममा उनले “सिनो बोकेर हिँड्न सकिन्न” भन्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उक्त अभिव्यक्तिलाई लिएर पार्टीले झाँक्रीसँग औपचारिक स्पष्टीकरण मागेको थियो।

पार्टीले झाँक्रीको भनाइलाई गम्भीर अनुशासनहीनताको रूपमा लिँदै स्पष्ट धारणा दिन समय थप गरेको जनाएको छ। झाँक्रीको टिप्पणीले पार्टीभित्रको असन्तोष झल्किएको भन्दै यो कदम चालिएको बताइएको छ।

राजनीतिक विश्लेषकहरूले झाँक्रीको भनाइलाई पार्टीमा बढ्दो मतभेद र नेतृत्वको चुनौतीका रूपमा हेरेका छन्। अबको सात दिनभित्र झाँक्रीको जवाफपछि मात्र पार्टीको अर्को कदम तय हुने देखिएको छ।