४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकार आयोगको आग्रहः तत्काल स्वास्थ्य सेवा सुचारु गर्नु



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य सेवा तत्काल सुचारु गर्न नेपाल चिकित्सक संघ तथा नेपाल सरकारलाई आग्रह गरेको छ ।

आयोगले सहसचिव एवं प्रवक्ता डा. टिकाराम पोखरेलबाट एक विज्ञप्ति जारी गर्दै चिकित्सक संघको नेतृत्वमा हिजोबाट जारी आन्दोलनका कारण नागरिकहरू अधिकारबाट वञ्चित भएकोप्रति ध्यानाकर्षण गराएको छ ।

‘स्वास्थ्य सेवाको क्षेत्रमा देखिएका अन्योलता तथा अस्पष्टताहरुलाई सार्थक वार्ता र संवादबाट समाधान गर्न तथा उपभोक्ता अदालतको निर्णयमा देखिएका असहमतिका सम्बन्धमा कानुनी प्रक्रियाको अवलम्बन गर्न र स्वास्थ्य सेवा तत्काल सुचारु गर्न आयोग नेपाल चिकित्सक संघ तथा नेपाल सरकारलाई आग्रह गर्दछ,’ प्रवक्ता पाखरेलले जारी विज्ञप्तिमा भनिएको छ ।

मुलुकभरका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा आकस्मिक तथा सघन कक्षबाहेकका स्वास्थ्य सेवा बन्द गरिँदा आमनागरिक स्वास्थ्यको अधिकारबाट वञ्चित हुनु परेको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चिकित्सकहरू हिजो (सोमबार)देखि देशभर सघन कक्षबाहेकका स्वास्थ्य सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका छन् ।

यस्तो छ आयोगको विज्ञप्तीः