१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा आउन नपाउने व्यवस्था गरौँः माओवादी सांसद बेलवासे



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद गंगाकुमारी बेलवासेले राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः राजनीतिमा आउन नपाउने व्यवस्था गर्न माग गर्नुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले सम्मानित पदमा अभिभावकीय रुपमा रहीसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो नगर्ने बताउनु भयो । त्यसको लागि ठोस व्यवस्था गरेर सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गणतन्त्रको प्रतिकको रुपमा राष्ट्रपति, उपराष्ट्रपतिलाई पायाँै । हामीले मधेसबाट, महिलाबाट, जनजातिबाट राष्ट्रपति र उपराष्ट्रपति पायाँै । जनताका छोराछोरीहरु राष्ट्रपति बन्ने व्यवस्था ल्यायौँ । उहाँहरु अहिले राजनीतिमा जाने विषयले निकै चर्चा पाएको छ । उहाँहरु राजीनितिक पार्टीमा फर्किएर राजनीति गर्ने विषयले समाज तरंगित भएको छ । जनसमुदायहरुले विभिन्न तर्क, वितर्कहरु गरिरहेका छन् । कतिपय समस्याहरु छन् । एउटा सम्मानित पदमा अभिभावकीय रुपमा रहीसकेपछि पार्टीमा फर्किएर काम गर्ने कुराले त्यति राम्रो गरेको छैन । आइन्दा त्यसको लागि ठोस व्यवस्था गरेर त्यो सम्मानित पदबाट फेरि राजनीतिमा नफर्किने व्यवस्था गर्न आग्रह गर्दछु ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेमा र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रमा सक्रिय राजनीतिमा फर्किसक्नुभएको छ ।