१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

गृहको छानबिन समितिको निष्कर्षः रुकुम घटना हत्या नै

गृहको छानबिन समितिको निष्कर्षः रुकुम घटना हत्या नै
अ अ+ अ-

काठमाडौं । पश्चिम रुकुमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनाएको छानबिन समितिले घटनामा निधन भएकाहरूको हत्या नै गरिएको निष्कर्ष निकालेको छ । नृशंस रूपमा भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनाएको छानबिन समितिले अनुसन्धान सकेर घटनामा ज्यान गुमाएका सबैको हत्या भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो । समितिका एक सदस्यले समितिले घटनाको स्थलगत अनुसन्धानपछि अवस्थाको विश्लेषण गरेर प्रतिवेदनसमेत तयार गरिसकेको र घटनामा परी ज्यान गुमाएका सबैको हत्या नै भएको पाइएको जानकारी दिए । ‘घटनामा ज्यान गुमाएकाहरूको हत्या नै गरेर भेरीमा फालिएको हाम्रो छानबिनले देखाउँछ, अनुसन्धान सकेर प्रतिवेदन तयार गरिसकेका छौं । निष्कर्ष त्यही हो, प्रतिवेदन सार्वजनिक गर्ने म्यान्डेड भने हामीलाई रहेन,’ समितिका एक सदस्यले राजधानीसँग भने ।

घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने भन्दै चौतर्फी आवाज उठेपछि गत १३ जेठमा गृहमन्त्री रामबहादुर थापाले गृह मत्रालयका सह–सचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा घटनाको छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेका थिए । समितिमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका एक जना उपसचिव छन् । मन्त्रालयले समितिलाई आइतबार नै घटनाको अनुसन्धानका लागि थप एक साताको समय दिएको छ । गत १० जेठमा रुकुम पश्चिम चौरजहारीकी मल्ल थरकी युवतीसँग प्रेमविवाह गर्न जारजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । केटा आएको देख्नेबित्तिकै केटी पक्षले केटा पक्षमाथि ढुंगामुढासहित आक्रमण गरेपछि सोही क्रममा ६ जनाको ज्यान गएको थियो । उनीहरूको शवसमेत बाँधेर फालिएको अवस्थामा भेरी नदीमा फेला परेको थियो । घटनामा परी केही भने घाइते भएका थिए भने केहीले आत्मसमर्पण गरेपछि बाँच्न सफल भएको बताइएको थियो ।

प्रहरीले समेत आइतबार नै घटनामा नवराजसहित ६ जनाको सामूहिक हत्या भएको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सरकारी वकिलको कार्यालयले समेत जिल्ला अदालतमा मुद्दा पेस गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय, रुकुमका अनुसार भाग्दै गरेको समूहलाई योजनाबद्ध रूपमा बाटोमा छेकेर हत्या गरेको अनुसन्धानको निष्कर्ष छ । घटनामा परी निधन भएकाहरूको शव खोज्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको थियो । भेरीमा शव बगाएको अवस्थामा सशस्त्रको गोताखोर टोलीले शव फेला पारेको थियो ।

३४ जनाविरुद्ध जिल्ला अदालतमा जन्मकैद मुद्दा दर्ता
रुकुम पश्चिम । रुकुमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछिको हत्या घटनामा प्रहरीले ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका छन् भने एक जनालाई मतियारका रूपमा राखिएको छ । बाँकी ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरिएको छ । मुद्दा लागेकामध्ये पाँच जना फरार छन् भने बाँकी सबै पक्राउ परेका छन् ।

गत १० जेठमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीका स्थानीयको आक्रमणमा परेर ६ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । घटनामा परी मारिएका भेरी नगरपालिका–११ का गोविन्द शाही, जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक, चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार, भेरी नगरपालिका ४ का गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जीव विकको शव भेरी नदीमा भेटिएको थियो । १३ जेठमा पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएपछि मात्रै प्रहरीले वडाध्यक्षसहित १२ जनालाई हिरासतमा लिएको थियो । अहिलेसम्म यो घटनामा २९ जना पक्राउ परेका छन् । राजधानी दैनिक