२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

आवश्यक सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का विषयमा सचेत रहन आग्रह गर्नुभएको छ ।

रसुवामा आएको बाढीका कारण ठूलो क्षति भएका बेला प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिन दिएर आवश्यक सतर्कना अपनाउनुपर्ने बताउनुभएको छ ।

उहाँले विपद् व्यवस्थापन विभागले सम्पर्कका लागि दिएका सुरक्षा निकाय, सुरक्षाकर्मी र स्वयम्सेवकसँग सम्पर्क गर्नसमेत आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमा लेख्नुभएको छ–

त्रिशुली नदी लगायत केही नदीहरूको जलसतह बढेका समाचारहरु आएका छन् । जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिएर आवश्यक सतर्कता अपनाऔं । विपत् व्यवस्थापन विभागले सम्पर्कका लागि दिएका सुरक्षा निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूसँग सम्पर्कमा रहौं ।

आफू सुरक्षित होउँ, अरूलाई पनि सुरक्षित राखौं ।