२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीजि प्रयोगशालाले पनि कोरोना भाइरसको पीसीआर परीक्षण गर्न पाउने



अ+ अ-

काठमाडौं । अब नीजि प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड—१९) को पीसीआर परीक्षण गर्न पाउने भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आवश्यक प्रकृया पुर्याएर नीजि प्रयोगशालाहरुले पीसीआर परीक्षण गर्न पाउने भएका हुन् । परीक्षणको खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उहाँले भन्नुभयो, ‘मन्त्रालयको स्वीकृति लिएर लिइएका पीसीआर नमुना आवश्यक प्रकृया पुरा गरी नीजि प्रयोगशालालाई जाँच्न दिने व्यवस्था गरिएको छ । खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गरेको छ ।’ यसअघि सरकारले नै देशका विभिन्न ठाउँमा पीसीआर परीक्षण प्रयोगशाला निर्माण गरेपनि संकलन भएका नमुनाहरु लामो समय होल्ड हुने गरेका छन् ।

मन्त्रालयले विदेश जानका लागि आवश्यक पर्ने निरोगिताको प्रमाणपत्रका लागि गरिने नमुना संकलन उपत्यकाका तीन अस्पतालबाट हुने व्यवस्था गरेको छ । प्रवक्ता गौतमका अनुसार वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालको ल्याममा निरोगिताको प्रमाणपत्रका लागि नमुना संकन गरिनेछ ।