२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीजि प्रयोगशालाले पनि कोरोना भाइरसको पीसीआर परीक्षण गर्न पाउने



अ+ अ-

काठमाडौं । अब नीजि प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड—१९) को पीसीआर परीक्षण गर्न पाउने भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आवश्यक प्रकृया पुर्याएर नीजि प्रयोगशालाहरुले पीसीआर परीक्षण गर्न पाउने भएका हुन् । परीक्षणको खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यहोर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उहाँले भन्नुभयो, ‘मन्त्रालयको स्वीकृति लिएर लिइएका पीसीआर नमुना आवश्यक प्रकृया पुरा गरी नीजि प्रयोगशालालाई जाँच्न दिने व्यवस्था गरिएको छ । खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गरेको छ ।’ यसअघि सरकारले नै देशका विभिन्न ठाउँमा पीसीआर परीक्षण प्रयोगशाला निर्माण गरेपनि संकलन भएका नमुनाहरु लामो समय होल्ड हुने गरेका छन् ।

मन्त्रालयले विदेश जानका लागि आवश्यक पर्ने निरोगिताको प्रमाणपत्रका लागि गरिने नमुना संकलन उपत्यकाका तीन अस्पतालबाट हुने व्यवस्था गरेको छ । प्रवक्ता गौतमका अनुसार वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालको ल्याममा निरोगिताको प्रमाणपत्रका लागि नमुना संकन गरिनेछ ।