४ पुष २०८२, शुक्रबार
,
Latest
पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’ जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री हेरफेरबारे निर्णय भएन : प्रवक्ता महत



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमा मन्त्री फेर्नेबारे कुनै निर्णय नभएको स्पष्ट पारेका छन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्त्रीहरूको कार्यसम्पादनको मूल्यांकन भने नेतृत्व स्तरमै हुने जानकारी दिए। ‘मन्त्री फिर्ता बोलाउने विषयमा बैठकले निर्णय गरेको छैन,’ महतले भने, ‘कार्यसम्पादनको आधारमा परिवर्तन गर्नुपर्ने हो या निरन्तरता दिनुपर्ने भन्ने विषयमा अन्तिम निर्णय नेतृत्वले लिन्छ।’

त्यस्तै, उनले पार्टीको महाधिवेशनबारे पनि अहिलेसम्म कुनै ठोस निर्णय नभएको जानकारी दिए। फरक प्रसंगमा बोल्दै प्रवक्ता महतले सत्तारुढ गठबन्धनमा कहिलेकाहीँ असहजता देखिए पनि दुई ठूला दलहरूबीच समन्वय गरेर अघि बढ्न सकिने अवस्था रहेको बताए।

‘दुई फरक विचारधाराका दलहरू सरकारमा छन्, तर समाधान नै हुन नसक्ने जस्तो परिस्थिति छैन,’ महतले भने, ‘संविधान र स्थायित्वको पक्षमा रहनु हाम्रो साझा जिम्मेवारी हो।’

उनले अस्थिरता आउने सम्भावनालाई टार्न गठबन्धनभित्र गम्भीर संवाद भइरहेको पनि स्पष्ट पारे।