२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar ५५ दिनसम्म पनि बजेट नल्याएको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति News Polar राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल News Polar माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल News Polar कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि लाइनमा नबस्न निर्वाचन समितिको आग्रह News Polar चाडबाड नजिकिँदै अनलाइन ठगी बढ्यो, पोखरामा एकै व्यक्तिबाट ४ लाख ४२ हजार असुली News Polar बलिउड अभिनेता नाना पाटेकरको निधन News Polar शरद् ऋतुः ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयन गर्न मतदान दिउँसो १ बजेदेखि News Polar मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली News Polar आइसिसीको मान्यताका पर्खाइमा क्यान र एनपिएल टोली News Polar चुदारोका भरमा जोगिँदै ठेकी बनाउने परम्परा News Polar कांग्रेसको नयाँ नेतृत्व चयन गर्न  मतदान हुँदै News Polar आज  विश्व दृष्टि दिवस

मन्त्री हेरफेरबारे निर्णय भएन : प्रवक्ता महत

मन्त्री हेरफेरबारे निर्णय भएन : प्रवक्ता महत
अ अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमा मन्त्री फेर्नेबारे कुनै निर्णय नभएको स्पष्ट पारेका छन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मन्त्रीहरूको कार्यसम्पादनको मूल्यांकन भने नेतृत्व स्तरमै हुने जानकारी दिए। ‘मन्त्री फिर्ता बोलाउने विषयमा बैठकले निर्णय गरेको छैन,’ महतले भने, ‘कार्यसम्पादनको आधारमा परिवर्तन गर्नुपर्ने हो या निरन्तरता दिनुपर्ने भन्ने विषयमा अन्तिम निर्णय नेतृत्वले लिन्छ।’

त्यस्तै, उनले पार्टीको महाधिवेशनबारे पनि अहिलेसम्म कुनै ठोस निर्णय नभएको जानकारी दिए। फरक प्रसंगमा बोल्दै प्रवक्ता महतले सत्तारुढ गठबन्धनमा कहिलेकाहीँ असहजता देखिए पनि दुई ठूला दलहरूबीच समन्वय गरेर अघि बढ्न सकिने अवस्था रहेको बताए।

‘दुई फरक विचारधाराका दलहरू सरकारमा छन्, तर समाधान नै हुन नसक्ने जस्तो परिस्थिति छैन,’ महतले भने, ‘संविधान र स्थायित्वको पक्षमा रहनु हाम्रो साझा जिम्मेवारी हो।’

उनले अस्थिरता आउने सम्भावनालाई टार्न गठबन्धनभित्र गम्भीर संवाद भइरहेको पनि स्पष्ट पारे।