३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलको नाममा अपराध लुकाउन मिल्दैन : गगन थापा



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको नाममा अपराध ढाकछोप हुन नहुने बताएका छन्।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उनले कानुनी शासनको सिद्धान्तमा कांग्रेस सधैँ प्रतिबद्ध रहेको भन्दै दोषी जोसुकै भए पनि उन्मुक्ति नपाउने स्पष्ट पारे।

‘हामी कानुनको शासनमा विश्वास गर्छौं,’ थापाले भने, ‘कोही कांग्रेस भए पनि यदि कानुनले दोषी ठहर गरेको छ भने उसले पार्टीको नाममा ढाल खोज्न सक्दैन।’

थापाको भनाइ पूर्व उपसभापति गोपालमान श्रेष्ठको टिप्पणीको प्रतिक्रियामा आएको हो। श्रेष्ठले अन्य दलहरूले आफ्ना नेताहरूलाई भ्रष्टाचारको मुद्दामा जोगाएको तर कांग्रेसले आफ्ना नेतालाई जोगाउन नसकेको बताएका थिए।

त्यसक्रममा थापाले भने, ‘कानुनको शासनमा हामीले भन्नुपर्छ—दोषी छुट्नुहुँदैन, निर्दोष फस्नु हुँदैन। कांग्रेस भए पनि अपराध छ भने कारबाही हुनुपर्छ।’

त्यस्तै, भ्रष्टाचार आरोपमा धरौटीमा रिहा भएका कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूमाथि अख्तियारले मुद्दा दायर गर्न गगन थापाकै भूमिका रहेको आरोप लगाएका थिए।

थापाले पार्टीभन्दा माथि न्याय र विधिको शासनलाई राख्नुपर्ने आवश्यकता औंल्याउँदै न्यायमा कुनै दलगत रङ लाग्न नहुने तर्क गरेका थिए।