२९ भाद्र २०८३, सोमबार
,
Latest
देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस भएको छ ।

शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित उपकुलपति छनोट सिफारिस समितिले प्रधानमन्त्री केपी ओलीलाई प्रा.डा खड्ग केसी, प्रा.डा. विनिल अर्याल र दिपक अर्यालको नाम सिफारिस गरेको हो ।

उपकुलपतिमा सिफारिस भएका केसी हाल निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन् ।

प्रा .डा. केसरजंग बरालले गत चैत १५ गते राजीनामा दिएका थिए । त्यसपछि वैशाख २ गते शिक्षाध्यक्ष केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो ।

त्यसैगरी विनिल अर्याल विज्ञान तथा प्रविधि संकायका पूर्व डिन हुन् । दिपक अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् ।

सिफारिसमा परेकामध्येबाट प्रधानमन्त्री ओलीले एक जनालाई उपकुलपतिमा नियुक्त गर्ने छन् ।

प्रधानमन्त्री ओलीले ६ जेठमा सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । उक्त सिफारिस समितिले १२ जनाबाट तीन जनाको नाम सिफारिस गरेको हो ।