२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ News Polar हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट News Polar राज्यले ऋण तिर्न ऋण लिँदै, आन्तरिक ऋणको ठूलो हिस्सा साँवा भुक्तानीमै खर्च News Polar बागलुङकाे ताराखोलामा पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई एक–एक लाख राहत News Polar वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय News Polar ५५ दिनसम्म पनि बजेट नल्याएको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति News Polar राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल News Polar माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल

गठबन्धन सरकार पुरै अवधि चल्छ : कांग्रेस सभापति देउवा

गठबन्धन सरकार पुरै अवधि चल्छ : कांग्रेस सभापति देउवा
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई दलको गठबन्धन सरकार २०८४ सालसम्मै चल्ने बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको आज समापन गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन सरकार पूरा समय चल्ने बताएका हुन् ।

उनले दुई ठूला दलबीच गठबन्धन भएकाले बेलाबेलामा समस्या आउने भए पनि त्यसलाई समाधान गरेर लैजाने बताए । ‘यो गठबन्धन पूरा–पूरा समयसम्म जान्छ, हामीसँग समस्याहरू भएमा मिलाएर जान्छौँ,’ उनले भने ।

सभापति देउवाले संविधान संशोधनको विषयलाई सरकारले अघि बढाउने विश्वास दिलाए । कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रधानमन्त्री र मन्त्रीको कार्यशैलीका विषयमा अधिकांश सदस्यहरूले धारणा राखेका थिए ।

देउवाले सरकारका विषयमा सदस्यहरूले राखेका धारणाका विषयमा कुनै जवाफ नदिइ गठबन्धन पूरा समय टिक्ने बताएका हुन् । ‘दुई ठूला पार्टीबीच गठबन्धनमा समस्या आउनुलाई ठूलो ठान्न हुँदैन । समस्यामा छलफल गरेर हामी मिलाउन सक्छौं,’ सभापति देउवाले भने, ‘केही कुरा आए पनि हामी त्यो समस्याको रुपमा आउन दिने छैनौं ।’

दुई दलबीच सल्लाह र सहमतिमै काम कारबाही अघि बढिरहेको उनले बताए ।