३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’माथि छलफल



अ+ अ-

काठमाडौँ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१’ माथि छलफल भएको छ ।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रयोगशाला सरकारले सञ्चालन गर्नुपर्नेमा जोड दिँदै प्रयोगशालालाई स्रोतसाधन सम्पन्न गराउनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्रयोगशालामा गरिएको परीक्षणको नतिजा भनसुन नलाग्ने किसिमको बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पन्तले प्रयोगशालालाई कानुनी रुपमा बलियो बनाएर लैजानुपर्ने बताउनुभयो । समिति सभापति तुलसाकुमारी दाहालले विधेयकलाई यही महिनाभित्र परिमार्जन गरी पारित गर्ने जानकारी दिनुभयो ।

प्रयोगशालाका निमित्त कार्यकारी निर्देशक वीरेन्द्रराज शाक्यले अपराध बढिरहेकाले प्रयोगशालाबाट छिटोछरितो परीक्षण गर्ने व्यवस्था गर्न कानुन बलियो बनाउनुपर्ने धारणा राख्नुभयो ।

समिति सदस्य सुरेश आले मगर, डा वेदुराम भुसाल, भगवती न्यौपानेलगायतले प्रयोगशालालाई विश्वसनीय र अनुसन्धानमूलक बनाउनुपर्ने बताउनुभयो ।रासस