३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमेश बागलाई पक्राउ गरिएको घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य डोटीका रमेश बागलाई पक्राउ गरिएको घटनाप्रति राप्रपाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

सञ्चारमाध्यममा प्रकाशित सामग्री सामाजिक सञ्जालमा शेयर गरेकै आधारमा निवासबाट पक्राउ गरेकामा विरोध जनाउँदै राप्रपाले युवा नेता बागको अविलम्ब र बिना शर्त रिहाइका लागि सरकारसँग जोडदार माग समेत गरेको छ ।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै भनेका छन् – ‘राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य डोटीका रमेश बागलाई सञ्चारमाध्यममा प्रकाशित सामग्री सामाजिक सञ्जालमा शेयर गरेकै आधारमा काठमाण्डौस्थित निवासबाट पक्राउ गरिएको घटनाप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधिसभाको समानुपातिक सांसद जुम्लाकी छिरिङ्ग ल्यामु लामाका बारे राष्ट्रिय स्तरको साप्ताहिक पत्रिकामा प्रकाशित भएको समाचार र निज सांसद स्वयंले टिकटकमा पोस्ट गरेको सामग्रीलाई शेयर गरेको कसुरमा पक्राउ गर्ने, अनावश्यक दुःख दिने कार्यबाट विधिको शासन, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यताको उपहास गरेको छ ।’ उनले अगाडि भनेका छन् ।