२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ News Polar हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट News Polar राज्यले ऋण तिर्न ऋण लिँदै, आन्तरिक ऋणको ठूलो हिस्सा साँवा भुक्तानीमै खर्च News Polar बागलुङकाे ताराखोलामा पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई एक–एक लाख राहत News Polar वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय News Polar ५५ दिनसम्म पनि बजेट नल्याएको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति News Polar राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल News Polar माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल

उज्वेकिस्तानविरुद्धको खेल नेपाली महिला फुटबल टोलीका लागि अविस्मरणीय

उज्वेकिस्तानविरुद्धको खेल नेपाली महिला फुटबल टोलीका लागि अविस्मरणीय
अ अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उज्वेकिस्तानको तासकान्दमा सम्पन्न एएफसी महिला एसिया कप छनोट प्रतियोगितालाई कहिले बिर्सन नसक्ने प्रतियोगिताका रुपमा लिएको छ । टोलीका सदस्यहरुलाई फुटबल खेलबाट सन्यास लिइसकेपछि पनि सो प्रतियोगिताको नतिजाले पिरोलिरहने नेपाली टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को भनाइ एकदमै मार्मिक छ । फुटबल मैदानमा सधैँ दृढ देखिने साम्बालगायतका खेलाडीले उज्वेकिस्तानविरुद्धको खेल समाप्त भएपछि मैदानमै आँसु खसालेको देखेपछि नेपाली फुटबल प्रेमीहरुले नरमाइलो मानेका थिए ।

आज स्वदेश फर्कदासमेत महिला फुटबल टोलीका सदस्यहरुको अनुहारमा खुसी थिएन । सो टोलीका प्रशिक्षकहरुले पनि यो दुःखद क्षणलाई आगामी दिनमा पनि पक्कै बिर्सने छैनन् । नेपाली महिला फुटबल टोलीका लागि यो जत्तिको ठूलो प्रतियोगिता केही थिएन । यो अवसरलाई नेपाली टोलीले सही तरिकाले उपयोग गरेको थियो । सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएको नेपाली महिला फुटबल टोलीले १००औँ प्रतियोगिताका सिलसिलामा सबैभन्दा आक्रमक खेल खेल्दै हालसम्मकै सर्वाधिक गोल गर्न सफल भएको थियो । नेपाली महिला फुटबल टोलीको फाइटिङ स्पिरिटको सकारात्मक सन्देश सबैतिर फैलिएको छ । अन्तिम खेलमा उज्वेकिस्तानलाई कडा चुनौति दिँदा नेपाली टोली पेनाल्टी सुटआउटमा चुकेको थियो । नेपाल सम्भावित विजेताको अवसरबाट वञ्चित हुन पुग्यो । यसले नेपालको महिला फुटबलको आगामी मार्ग समेत अवरोध हुन पुग्यो ।

क्षमायाचना

अखिल नेपाल फुटबल सङ्घले खेलको नतिजा चाहेको जस्तो नभएको जनाएको छ । सङ्घले सबैको सहयोगको कदर पनि गरेको छ ।
नेपाली टोलीकी स्ट्राइकर प्रिति राईले नेपालको पराजयपछि सामाजिक सञ्जालमार्फत सबैसँग माफी मागेकी छिन । धेरै प्रयास गर्दा समेत खेलमा विजयी हुन नसकेको भन्दै उनके नेपाल पराजित भएकामा माफी मागेक हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीकी पहिलो कप्तान रमा सिंहको धारणा बेग्लै छ । उनले नेपाली महिला टोलीले खेल नहारेको धारणा व्यक्त गर्दै खेलको स्तर जितभन्दा माथि भएको बताइन् ।

प्रशिक्षकको भूमिका

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले आफ्नो नियुक्तिपछिको पहिलो जिम्मेवारीमै नेपाली महिला टोलीको खेलमा अत्यधिक सुधार गरेको स्पष्ट महसुस गराएका थिए । उनले खेलाडीहरुलाई किन सकिन्न ररु भन्दै उत्पेरित गर्ने गरेका थिए । नेपाली खेलाडीहरुले तीनवटा खेलमा क्रमशः सुधार गर्दै लगेको देखिएको थियो । यसमा मुख्य प्रशिक्षकको भूमिका महत्वपूर्ण मानिएको छ । मुख्य प्रशिक्षकले मैदानमा होस वा ड्रेसिङ रुममा दिएको जिम्मेवारी र सिकाएको शैलीलाई खेलाडीहरुले पछ्याएका थिए । उज्वेकिस्तानसँग ३ गोलले पछि पर्दा पनि नेपालले गोल फर्काउन सक्नु सानो उपलब्धि होइन । तर पेनाल्टीमा चुक्नु नेपालका लागि दुर्भाग्य बन्न पुग्यो । गोल मेसिनका रुपमा सशक्त खेलाडी बनेर प्रशंशाको पात्र बनेकी कप्तान साम्बाले प्रहार गरेको पेनाल्टी बल दुर्भाग्यबस गोल पोष्टको पोलमा लागेर फर्कनु, आफ्नो टोलीमा प्रिति राई र रेखा पौडेलजस्ता स्कोरर हुँदा हुँदै प्रशिक्षकले गोलकिपर अन्जना रानामगरलाई पेनाल्टी प्रहार गर्ने अवसर दिनु जस्ता कारणले नेपालको आगामी अष्ट्रेलियाको यात्रा टुङ्गिन पुगेको कुरालाई नकार्न सकिन्न ।

गोलकिपरलाई दबाब

मुख्य प्रशिक्षकले अन्जना रानामगरलाई लगातार तीन खेलमा खेलाउदाँ उनलाई पक्कै दबाब परेको थियो । यस्तो अवस्थामा गोलकिपर नर्भस हुनु स्वाभाविक थियो । यस अघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा एन्जिला तुम्बापो सुब्बाले गोलकिपरको रुपमा नेपालको प्रतिनिधित्व गर्नुका साथै गोल बचाउने सन्दर्भमा पनि नाम कमाएकी थिइन । खेलको ख्यातीकै कारण उनको जीवनीमा आधारित ‘अन्जिला’ नामक चलचित्र निर्माण गरी उनलाई अभिनेत्रीका रुपमा ख्यातीप्राप्त सिनेमा निर्देशक निर्मल चाम्सले डेब्यु गराएका थिए । तासकान्दको प्रतियोगितामा मुख्य प्रशिक्षकले एन्जिलालाई कप्तानबाट हटाउनुका साथै लगातार तीन खेलमा जगेडा गोलकिपरका रुपमा बेन्चमा राखेका थिए । शनिबारको महत्वपूर्ण खेलमा प्रशिक्षकले नेपाली गोलकिपरका बारेमा ध्यान दिएको भए नतिजा सकारात्मक आउने थियो भन्नेहरु पनि छन । रक्षात्मक पक्षका खेलाडीहरुले गोल पोष्ट जोगाउन नसक्नु, गोलकिपर अन्जना रानामगरले सम्भावित गोलको आंकलन गर्न नसक्नु, बल प्रहार हुँदा ढिलो ड्राइभ गर्नु जस्ता कारणले गोल भएका थिए । पेनाल्टी प्रदर्शन अतिनै महत्वपूर्ण थियो । यस्तो निर्णायक पेनाल्टी सुटआउटमा नेपालले ४ मध्ये २ मात्र पेनाल्टी गोल गर्न सक्नु दुर्भाग्य हुन पुग्यो ।

साम्बाको सफलता

साम्बालाई कप्तानको जिम्मेवारी दिँदा पहिले बिबाद पनि भएको थियो । कप्तानको जिम्मेवारी पाएपछि आफू तीनवटै खेल खेल्नुअघिको राति सुत्न नसकेको स्वयम साम्बाले स्विकारेकी छिन् । एघार वर्ष महिला फुटबलमा बिताएकी साम्बाले यति ठूलो दबाब कहिल्यै पनि बेहोरेकी थिइनन । उनी टोलीका सबै खेलाडी कप्तान भएको मान्दछिन । सबैको सहयोगमा उनको नेतृत्वमा टोलीले नतिजा हासिल गर्न सफलता प्राप्त गरेको थियो । नेपाली राष्ट्रिय महिला टोलीको पहिलो पटक नेतृत्व गर्ने जिम्मेवारी पाएकी साम्बाले नेपाललाई एशिया कपमा प्रवेश गराउन नसकेपनि नेपाली टोलीलाई सशक्त टोलीका रुपमा मैदानमा उतार्न सक्नु उनको सफलता मान्न सकिन्छ । तासकान्दमा खेलेका तीनवटै खेलमा नेपालले विपक्षी टोलीहरुलाई कडा चुनौति दिएको थियो । विश्व बरियताका क्रममा ५१औँ स्थानमा रहेको उज्वेकिस्तानलाई १००औँ स्थानमा रहेको नेपालले रक्षात्मक वा आक्रामक दुवै पङ्तीका तर्फबाट यथोचित प्रतिस्पर्धा गरेको थियो । कप्तान साम्बाले यसपाली तीनवटै खेलमा ह्याट्रिक गरेर कीर्तिमान कायम गरेकी थिइन् । उनले अन्तिम दिनको खेलमा २४औँ, ७१औँ र ७३औँ मिनेटमा लगातार तीन गोल गरेर प्रतियोगितामा तेस्रो ह्याट्रिक गरेर आफूलाई विश्वकै अब्बल दर्जाको खेलाडीका रुपमा परिचित गरेकी छिन् ।

मौसमीको चुनौति

नेपाली खेलाडीहरुका लागि उज्वेकिस्तानको मौसम पनि चुनौति बन्न पुगेको थियो । अत्यधिक गर्मीका कारण पहिलो खेलमा ज्यादै कठिन महसुस गरेका नेपाली खेलाडीहरु दोस्रो तथा तेस्रो खेलसम्म आइपुग्दा विस्तारै अभ्यस्त हुँदै गएका थिए । खेल अवधिमा रेफ्रीले खेल बीचैमा रोकेर कुलीङ ब्रेक दिने गरेका थिए । तापक्रम बढी भएको अवस्थामा खेल्नु पक्कै पनि सहज हुँदैन । यस्तो अवस्थामा रेफ्रीले खेल बीचैमा केही बेर रोकेर खेलाडीलाई पानी खाने समय दिन कुलिङ ब्रेक दिने नियम छ । यसले खेलाडीहरुको शरिरको तापक्रम नियन्त्रण गर्न सहयोग गर्दछ । तापक्रम बत्तीस डिग्री सेल्सियस पुगेपछि अत्यधिक तातो मानिन्छ । तापक्रम अत्यधिक बढेको अवस्थामा खेलाडीको सुरक्षाकाला गगि कुलिङ ब्रेक आवश्यक पर्दछ । उज्वेकिस्तानमा अहिले गर्मी मौसममा तापक्रम बढी भएकाले तातो र सुख्खा हुने गरेको छ । त्यो मुलुकमा सबैभन्दा बढी तापक्रम जुलाई महिनामा हुने गरेको छ । उज्वेकिस्तानका धेरै सहरमा यस महिनामा औसत दैनिक तापक्रम ३५ डिग्री सेल्सियस पुग्ने गरेको छ । तर जाडोयाममा भने अत्यधिक चिसो भइ तापक्रम माइनस एक डिग्री सेल्सियसदेखि माइनस ३ डिग्री सेल्सियसम्म झर्ने गर्दछ । एसियाली कपको छनोट चरणमा पराजित भएर प्रतियोगिताबाट बाहिरिए पनि नेपाली फुटबल टोलीले फुटबलप्रेमी दर्शकको मन जित्न सफल भएको छ । तर नेपालको एसिया कपमा सहभागिता अवरुद्ध हुनुका साथै आगामी फिफा महिला विश्वकप र ओलम्पिक जस्ता सम्भावित प्रतियोगितामा नेपालको सहभागिता पनि टुङ्गिएकोलाई दुःखद पक्ष मान्न सकिन्छ ।

उत्कृष्ठ लयमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले पनि रक्षात्मक हुन वा आक्रामक खेलको माध्यमबाट विपक्षीहरुलाई कडा चुनौति दिँदै बलियो उपस्थिति जनाएको थियो । लगातार तीनवटै खेलमा नेपालले आफूलाई बलियो टोलीका रुपमा मैदानमा उतार्नु मुलुककै फुटबल इतिहासमा गौरवको विषय हो । यस अघि नेपालले लाओसलाई ९–० गोलअन्तरले तथा श्रीलङ्कालाई ८–० गोलअन्तरले पराजित गर्दै आफ्नो टोली बलियो भएको प्रमाणित गरेको थियो ।

समग्रमा नेपालले आफूभन्दा माथिल्लो बरियताको टोलीसँग खेल्ने अवसर पाउँदा पक्कै पनि धेरै कुरा सिकेको छ । नयाँ खेलाडीहरु उत्पादन गर्ने, स्वदेश तथा विदेशका प्रतियोगिताहरुमा खेलाडीहरुलाई अत्यधिक प्रतियोगिताहरुमा सहभागी गराउने तथा खेलाडीहरुलाई खेलेर बाच्न सक्ने अवस्था सिर्जना गर्नका लागि आवश्यक उपायहरु अबलम्बन गर्नु जरुरी छ । नेपालले तासकान्दमा सिकेको पाठलाई आगामी दिनमा व्यवहारमा उतार्दै नेपाली महिला फुटबललाई प्राथिमकतामा राखेर उचित रणनीति तर्जुमा गर्न अखिल नेपाल फुटबल सङ्घले तदारुकता देखाउन ढिलो गर्न हुँदैन । रासस