२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ News Polar हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट News Polar राज्यले ऋण तिर्न ऋण लिँदै, आन्तरिक ऋणको ठूलो हिस्सा साँवा भुक्तानीमै खर्च News Polar बागलुङकाे ताराखोलामा पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई एक–एक लाख राहत News Polar वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय News Polar ५५ दिनसम्म पनि बजेट नल्याएको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति News Polar राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल News Polar माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल

सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा एमाले–काँग्रेसबीच कुनै समस्या छैनः बर्तौला

सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा एमाले–काँग्रेसबीच कुनै समस्या छैनः बर्तौला
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा प्रमुख सत्तारुढ दलहरु एमाले–काँग्रेसबीच कुनै समस्या नरहेको बताउनुभएको छ ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो ।

उहाँले दुई दलहरुबीच मजबुत समझदारी भएको दोहो¥याउँदै अन्य दलहरु सरकारमा आउने र छोड्ने प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताउनु भयो । उहाँले संविधान संशोधन गर्ने निष्कर्षमा दुई दलहरु पुगिसकेको उल्लेख गर्दै के कुरामा संशोधन गर्ने भन्ने विषयमा आवश्यक छलफल हुनुपर्ने पनि बताउनु भयो । संविधान संशोधनको प्रक्रियालाई निष्कर्षमा पु¥याउने गरेर सत्तारुढ दलहरु अगाडि बढ्ने उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, ‘सात बुँदे समझदारीकाप्रति दुई दलका बीचमा कुनै समस्या छैन । संसदमा सबै कुराहरु आत्मगत परिस्थिति र वस्तुगत परिस्थिति दुई वटै मिल्नुपर्छ । हामी आत्मगत परिस्थितिका आधारबाट भन्ने हो भने काँग्रेस र एमाले संसदको १० वर्षे अवधीको समिक्षा गर्नुपर्छ र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा उभियो । यो निर्णयमा दुई दल पुग्ने कुरा नै पहिलो स्टेप हो । के विषयमा संशोधन गर्छौं भन्ने कुरा त संसदमा गणितीय हिसावले आवश्यक छलफलका हिसावले हुन्छ ।’

अनुकुल समयमै सबै दलहरुको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कुरामा सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।