२५ श्रावण २०८३, सोमबार
,
Latest
सन्दीप लामिछाने नेपाली टोलीको कप्तान नियुक्त क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइकल चढेर पर्यटक आउँदैनन्, जहाज चाहिन्छः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरु रहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बतउनुभएको हो ।

उहाँले नेपालले पर्यटक ल्याउँछु भन्दै गर्दा केही कुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले साइकल चढेर कोही पर्यटकहरु नआउने र त्यसका लागि जाज किन्न जरुरी रहेको बताउनु भयो । उहाँले राम्रा विमानस्थलहरु आवश्यक रहेको र जहाज चढ्ने वातावरण जरुरी रहेको बताउनु भयो । पर्यटन क्षेत्र फस्टाउन पर्यटकमैत्री वातावरण जरुरी रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरु नेपालमा छन् । दुई चार वटा कुरामा ध्यान दिनुपर्छ । साइकल चढेर कोही आउँदैन । जहाज चाहिन्छ । राम्रा एयरपोर्ट चाहिन्छन् । राम्रा प्लेन चाहिन्छ । प्लेन चढ्ने वातावरण चाहिन्छ । टुरिजम फस्टाउने, टुरिस्टमैत्री वातावरण चाहिन्छ । टुरिस्ट किन आउने भन्नेकुरा उनीहरुले थाहा पाउनुपर्छ । मान्छेले देख्नु भनेको सामान्य कुरा होइन । कहिले कहिले देख्नु भनेको असामान्य कुरा हो ।’

प्रधानमन्त्री ओलीले पैसा कमाएर मात्रै नहुने भन्दै पैसा पनि राम्रो ठाउँमा खर्च गर्नुपर्ने बताउनु भयो ।