२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलेरामा उपप्रधान पदको लडाईं, ‘पञ्चायत सिजन ५’ को रिलिज घोषणा



अ+ अ-

एजेन्सी । हालै भारतीय उत्कृष्ट वेब सिरिज ‘पञ्चायत’को चौंथो संस्करण रिलिज भएको छ ।

जसले दर्शक र समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ । सिजन ४ सँगसँगै यसको अर्को सिजनको बारेमा पनि केही समयदेखि निकै छलफल चलिरहेको छ ।

यसैबीच, निर्माताहरूले आधिकारिक रूपमा पञ्चायत सिजन ५ को रिलिजको घोषणा गरेका छन्, जसपछि फ्यानहरूको उत्साह धेरै बढेको छ । यसका साथै पञ्चायत ५ को पहिलो लुक पोस्टर पनि बाहिर आएको छ ।

पञ्चायत वेब सिरिजले विगत ५ वर्षदेखि दर्शकहरूलाई मनोरञ्जन दिइरहेको छ। अघिल्लो सिजन जस्तै यसको चौथो सिजनले पनि फ्यानहरूको मन जितेको छ र सबैले फुलेराको चुनावी लडाईं मन पराएका छन् ।

सिजन ५ मा, पञ्चायतको कथामा एउटा महत्त्वपूर्ण मोड आउनेछ, जसमा उपप्रमुख बन्ने विनोदको सपना पूरा हुन्छ कि हुँदैन भन्ने संघर्ष हुनेछ ।

यसैबीच, अब निर्माताहरूले पञ्चायत सिजन ५ को घोषणा गरेका छन् । ओटीटी प्लेटफर्म प्राइम भिडियोले आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा यस शृङ्खलाको अर्को सिजनको पहिलो लुक पोस्टर सेयर गरेको छ र पञ्चायत ५ अर्को वर्ष २०२६ मा प्राइम भिडियोमा अनलाइन स्ट्रिम हुने बताएको छ ।

पोस्टरमा सचिव र ‘बनराकस’को समूहले विनोदलाई कुर्सीमा बोकेर हिँडेको देख्न सकिन्छ । यसले पञ्चायत ५ मा उपप्रधान पदको लागि रस्साकस्सी हुने संकेत गर्छ ।

टिभीएफको यो घोषणापछि, सिनेमा प्रेमीहरू उत्साहित छन् र यसको रिलिजको उत्सुकताका साथ पर्खिरहेका छन् ।

यद्यपि, यसको रिलिज मिति आउन बाँकी छ । तर अनुमान गरिएको छ कि यो अर्को वर्ष जुलाईको पहिलो हप्ता वा जुनको अन्तिम हप्तामा अनलाइन स्ट्रिम हुन सक्छ ।