१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट भूकम्पपीडितको पुनःस्थापनामा सरकार उदासिन देखियोः माओवादी केन्द्र



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले सरकार जाजरकोट भूकम्पपीडितहरूको पुनःस्थापना गर्न उदासिन देखिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद बस्नेतले भूकम्पले भत्किएका घरहरुmे वर्षाको समयमा थप जोखिम निम्त्याएको भएपनि सरकारले डिडिएको नाममा पुनःनिर्माण गर्न ढिलाई गरिरहेको भन्दै आपीत्त जनाउनुभएको हो ।

उहाँले भूकम्पले चर्किएका कुनैपनि घरहरु बस्नयोग्य नरेहको उल्लेख गर्दै सबै प्रभावित घरहरुको पुनःनिर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक रहेके बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘सभामुख महोदयमार्फत सरकारसँग माग गर्न चाहन्छु– पुनःनिर्मामा देखिएको ढिलासुस्ति अन्त्य गरियोस् । जोखिमयुक्त बस्तिहरुको  पुर्नस्थापना सुनिश्चित गरियोस् । भूकम्पप्रभावित नागरिकको सम्मानजनक पुनःस्थापना गरियोस् ।’

उहाँले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा देखिएको ढिलासुस्ती अन्त्य सभामुखमार्फ सरकासँग माग गर्नुभयो ।