२२ आश्विन २०८३, बिहीबार Thursday, October 8, 2026
२२ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा News Polar सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी News Polar बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकी सहयोग अपेक्षा News Polar रसुवा बाढीले भत्कायो किसानको इकोसिस्टम News Polar कांग्रेस महाधिवेशन : निर्वाचन व्यवस्थापनबारे उम्मेदवारसँग छलफल News Polar घरायसी विवादमा श्रीमतीलाई कुटपिट गरेका श्रीमान् पक्राउ News Polar हुरीले गुल्मीको ठूलोलुम्पेकका ८० टनेलमा क्षति, आठ लाखभन्दा बढीको गोलभेँडा नष्ट News Polar राज्यले ऋण तिर्न ऋण लिँदै, आन्तरिक ऋणको ठूलो हिस्सा साँवा भुक्तानीमै खर्च News Polar बागलुङकाे ताराखोलामा पहिरोमा ज्यान गुमाएका तीन परिवारलाई एक–एक लाख राहत News Polar वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय News Polar ५५ दिनसम्म पनि बजेट नल्याएको भन्दै सुदूरपश्चिम सरकारप्रति कांग्रेसको आपत्ति News Polar राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ : राष्ट्रपति पौडेल News Polar माछापुच्छ्रे बैंकलाई दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार News Polar सुनको मूल्य बढ्यो, चाँदीको घट्यो News Polar विपद्पछि पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिन मुख्यमन्त्री थापाको निर्देशन News Polar साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar निधीले भने– ‘विशेष महाधिवेशनले कांग्रेसलाई विभाजित गर्‍यो, अब नयाँ घर निर्माण गर्नुपर्छ’ News Polar पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च News Polar डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न मन्त्री श्रेष्ठको अपिल

विवाद निस्किए पनि टिम एक भएर खेल्यौं, कप्तान चयन गर्ने विषय आन्तरिक होः सावित्रा भण्डारी

विवाद निस्किए पनि टिम एक भएर खेल्यौं, कप्तान चयन गर्ने विषय आन्तरिक होः सावित्रा भण्डारी
अ अ+ अ-

काठमाडौँ ।नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उज्वेकिस्तानमा भएको एएफसी महिला एशियन कप छनोटमा सफल नभए पनि धेरै सकारात्मक उर्जा लिएर फर्किएको बताइन् ।

छनोटको समूह ‘एफ’ को निर्णाायक तथा अन्तिम खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा नेपाली टोली सन् १९९९ पछि एशियन कप खेल्ने अवसरबाट वञ्चित भएको थियो । यसपल्ट नेपाली टोलीलाई एसियन कप खेल्नसक्ने दाबेदारका रूपमा हेरिए पनि पेनाल्टी सुटआउट पराजित हुँदा सफलता पाउन भने सकेन । यद्यपि यसै छनोटको पूर्वसन्ध्यामा कप्तान नियुक्त भएकी सावित्राले असफलता मिले पनि धेरे सकरात्मक उर्जा लिएर फर्किएको बताएकी छन् । सुरुमा उज्वेकिस्तानको वातावरणमा भिज्न गाह्रो भएको उनको भनाइ छ । हरेक एक खेलमा ध्यान दिएर र प्रशिक्षकको रणनीति अनुरूप खेलेको कप्तान सावित्रा बताउँछिन् ।

उनले टोलीमा तीन जना डिफेन्डर खेलाएर पनि आक्रामक फुटबल खेल्न सफल भएको भन्दै टोलीको बचाउ गरेकी थिइन् । कप्तान सावित्राले शुरुमा तीन गोल खाएर पनि खेलमा फर्कन सफल हुनु सहज नभएको उल्लेख गरेकी छन् । समग्रमा आफूभन्दा माथिल्लो स्तरको टोलीसँग राम्रो खेलेको र आफ्नो सकारात्मक उर्जा लिएर फर्किएको उनको विश्वास छ । आफूहरूको प्रदर्शनबाट त्यहाँ उपस्थित सबै समर्थकले पनि प्रशंसा गरेको उनी बताउँछन् । उनले यो प्रतियोगिता आफूहरूका लागि ठूलो अवसर रहे पनि त्यसलाई सही तरिकाले सदुपयोग गर्न नसकेको बताइन् । छनोटको अन्तिम खेलमा ५०÷५० को अवसर रहे पनि त्यसमा सफल हुन नसकेको उनको बुझाइ छ । यसले गर्दा भविष्यमा पिरोल्ने उनी बताउँछन् ।

खेलको सुरुआतमै गोल बेहोरेपछि समालिन गाह्रो भएको उनको बुझाइ छ । त्यसमा पनि अर्को गोल बेहोरेपछि थप कठिन स्थिति बने पनि कोचिङ स्टाफको उत्साहले खेलमा फर्किएको कप्तान सावित्रा बताउँछिन् । दोस्रो हाफ प्रशिक्षक प्याट्रिक डे वाइल्डले खेलमा फर्कन सक्छौं भनेर उत्साह दिएर टोलीलाई प्रोत्साहित गरिरहेको उनको भनाइ छ ।

छनोटको उक्त खेलमा नेपाल पहिलो हाफमा नै ३–१ गोलले पछि परेको थियो । तर, पहिलो हाफको थप समयमा उज्बेकिस्तानको एक खेलाडीले रातो कार्ड पाउँदा नेपालीका लागि केही सहज पनि भयो । दुई गोल फर्काउँदै नेपालले ३–३ को बराबरीमा ल्यायो । निर्धारित समयमा खेल बराबरी भएपछि प्रतियोगिताको नियमअनुरूप सीधै पेनाल्टीतर्पm धकेलिएको थियो । तर पेनाल्टी प्रहारमा कप्तान सावित्रा भण्डारी र गोलकिपर अञ्जना रानामगर सफल नभएपछि नेपाली टोलीले ४–२ को हार सामना ग¥यो । यससँगै नेपालले आगामी वर्ष अस्ट्रेलियामा हुने एशियन कपमा छनोट हुने तेस्रो दक्षिण एसियाली राष्ट्र बन्ने अवसर पनि गुमायो । दक्षिण एसियाबाट बंगलादेश र भारत छनोट हुन सफल भए ।

यसै छनोटको अगाडि प्रशिक्षक प्याट्रिक डे वाइल्डले नियमित कप्तान र गोलकिपर अन्जिला तुम्बापो सुब्बालाई दुवै जिम्मेवारीबाट बाहिर राखे । प्याट्रिकले कप्तानमा सावित्रालाई र गोलकिपरमा अञ्जनालाई जिम्मेवारी दिए । एन्फाले नै कप्तानमा शुरुमा रेनुका नगरकोटीको नाम सार्वजनिक गरेको थियो । तर पछि सावित्रालाई कप्तानी दिइएको भन्दै एन्फाले नै नाम परिवर्तन ग¥यो । कप्तान कसलाई बनाउने भन्ने विषयमा विवाद हुँदा त्यो घटना सार्वजनिक भएको थियो । सावित्राले कप्तान चयन गर्ने विषयमा केही चुनौतीपूर्ण रहेको र विवाद भएको स्वीकार गरिन् । त्यसले गर्दा केही दिन आफू सुत्न पनि नसकेको उनको भनाइ छ । यसले आफूलाई छुट्टै किसिमको दबाब भएपनि टोलीका सहकर्मीले सहयोग गरेको उनी बताउँछिन् ।

उनले कप्तान बनाउने विषय टोलीभित्रको आन्तरिक कुरा रहेको पनि बताइन् । तर पनि विवाद निस्किएको र यो हुनु सही नभएको उनको बताउँछिन् । यस्तो स्थितिमा पनि टिम एक भएर खेलेको उनको विश्वास छ । आगामी दिनमा यस्तो विवाद नआओस् भन्ने उनको आग्रह छ । सावित्राले प्लेइङ एलाभेन होस् या बाहिरका खेलाडी सबै कप्तान कप्तान जस्तै भएर खेल्ने पनि बताएकी छन् । सबैजना कप्तान र लिडर बन्ने क्षमता रहेको पनि उनको बुझाइ छ । साथै उनले कप्तानको जिम्मेवारी पाउँदा खुशीसँगै केही दबाब पनि महशुस गरेको बताइन् । यस छनोटमा नेपालले विपक्षीको पोस्टमा कुल २० गोल गरेको थियो । त्यसमध्ये सावित्रा एक्लैले ९ गोल गरेकी थिइन् । तर, पेनाल्टी सुटआउटमा भने असफल हुँदा ४१ वर्षे महिला फुटबलको इतिहास बोकेको नेपाली टोली सुन्दर सपना बुन्नबाट भने वञ्चित रह्यो ।