१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

लिम्पियाधुरा-लिपुलेक-कालापानीको यथार्थ

लिम्पियाधुरा-लिपुलेक-कालापानीको यथार्थ
अ अ+ अ-

काठमाडौं । धेरैलाई लाग्न सक्छ–लिम्पियाधुरा–लिपुलेक–कालापानी क्षेत्र अनकन्टार होला। भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ। यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ। प्राकृतिक सुन्दरताको छुट्टै मोहक छरिरहेछ पराइले ओगटेको यो भागले। २०५८ सालमा दार्चुलाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक सीमा विवाद नियाल्न कालापानीसम्म गए। ठूलै अनुरोध गरेर उनी त गए, तर सुरक्षाकर्मी लैजान पाएनन्। भयंकर खानतलासीपछि गएका लेखक सम्झिन्छन्, ‘सैनिक बलमै भारतले त्यो इलाका कब्जा गरेको गर्‍यै छ।’ उत्तर चीनको सिमानामा करिब ७० किलोमिटर हिमाली पर्वत शृंखला छ। त्यसलाई लिम्पियाधुरा पर्वत शृंखला भनिन्छ। त्यसको पश्चिमको अग्लो चुचुरो (लिम्पियाधुरा) बाट काली नदी आउँछ। लिम्पियाधुरा ५५ सय मिटर उचाइमा छ। लिपुलेक भन्ज्याङ (छाङला) ५ हजार ९८ मिटरमा छ। छाङरु र तिङकरको पश्चिमी मोहडामा ओम हिमाल छ। त्यो विशाल पर्वत कालापानी लिपुपास बीचबाट पूर्वी मोहडामा पर्छ। यसको बीचमा हिउँले नै ओम लेखिएको छ।

भारतले ठूलो सख्यामा अर्ध सैनिक बल राखेको कालापानी भने समथर छ। भारतीय अर्धसैनिक बाह्रैमहिना त्यहाँ बस्छन्। भारतीय पक्षले ब्यारेकभन्दा दक्षिणमा नक्कली काली मन्दिर बनाएको छ। काली नदीको मन्दिरबाट उम्रिएको खोल्सोलाई काली नदी भारतले भन्छ। त्यहाँ बंकर छ। हेलिकप्टर बस्ने ठाउँ छ। जाडोमा बस्न सक्ने गरी त्यो ब्यारेक बनाइएको छ। कालापानीको उत्तरमा लिपुलेकतिर जाँदा नाभीडाङ आउँछ। त्यहाँ पनि भारतीय सेनाको क्याम्प छ। गुन्जी र नाबी दुवै स्थानमा भारती सेना छ। काली नदीको किरानैकिनार उत्तर(पश्चिम कुटी गाउँ छ। नेपाल भारतको सिमाना काली नदी छ। त्यसको उदम लिम्पियाधुरा हो। कालीको उद्म लिम्पियाधुरा मानेर नेपालले हालै नयाँ नक्सा जारी गरेको छ। नेपालले संविधान संशोधनमार्फत बल्ल नक्सामा समेटेको यो इलाकाको भौगलिक अवस्था कस्तो छ रु त्यहाँ कुन समुदाय बस्छन् रु यी सबै चासोका विषय हुन्।

नेपालको पश्चिमोत्तर सीमा क्षेत्रमा रहेको यो भूभाग दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पर्छ। यो भूभाग भारतले १ सय ४० वर्षदेखि अतिक्रमण गर्दै आएको छ। रतन भण्डारीको पुस्तक ‘अतिक्रमणको चपेटामा लिम्पियाधुरा(लिपुलेक’ मा उल्लेख गरिएअनुसार महाकालीको सिरानीमा अवस्थित १२ व्यास सन् १८१६ को सुगौली सन्धिअघि नेपालको भूभाग थियो। १२ वटा गाउँ रहेकोले यस क्षेत्रलाई त्यतिबेला १२ ब्यास भनिन्थ्यो। सुगौली सन्धिले १२ व्यासलाई नेपाल र भारत दुईतिर विभाजित गर्‍यो। व्यास क्षेत्र विभाजन हुँदा महाकालीवारिका कुटी, नावी, गुन्जी, छाँगरु, ऋषिगाउँ, तिङकरलगायत ६ गाउँ नेपालतिर र बाँकी ६ गाउँ भारततिर परेका थिए।

यो सौका समुदायको थाकथलो हो। सौका समुदाय सीमान्तकृत जाति हो।

यस जातिलाई क्षेत्री बाहुनले ‘व्यासी सौका’ तथा तिब्बतीले ‘ज्याङ्बा’ भन्छन्। व्यासी समुदायको मौलिक परम्परा र भेषभूषा छ। व्यासी समुदायमा भगवान् शिव र व्यासीऋषिको पूजाआजा गर्ने चलन छ। व्यासी समुदायले व्यास ऋषिलाई कुलगुरु र शिवलाई कुलदेवता मान्छन्। व्यासको जन्मजयन्तीका दिन काली नदीको किरानामा रहेको मनिलास्थित व्यास मन्दिरमा धूमधामसँग पूजा गर्ने चलन उनीहरूको छ। उनीहरूको मुख्य पेसा व्यापार हो। तिब्बतको ताक्लाकोट, भारतको धार्चुला, पिथौरागढ, झुलाभाट, दार्चुला सदरमुकाम, बझाङको चैनपुर उनीहरूका व्यापारिक केन्द्र हुन्। विगतमा उत्तरी क्षेत्रमा व्यापार गर्ने ठूला व्यापारी सौका रहेको ऐतिहासिक तथ्यले देखाउँछ।

त्यो भूभागमा ६ महिना मात्रै मानिसको बसोबास हुन्छ। हिउँदमा जाडो छल्न तल्लो भूभागमा सर्छन्। छाङरु र तिंकरका सौका दार्चुलाको सदरमुकाम आउँछन्। अतिक्रमित भूमि कालीनदी पूर्व र लिपुखोला पश्चिममा तीन गाउँकुटी, नावी र गुञ्जीका सौका भने भारतको धार्चुलाका भूमि जान्छन्। अतिक्रमित भूमिमा करिब ३ हजारको बसोबास रहेको पत्रकार महासंघ, दार्चुलाका अध्यक्ष शंकरसिंह धामी बताउँछन्। ‘यथार्थ तथ्यांक त छैन् तर ३ हजार जति छन् भन्ने ठानिन्छ’, उनले भने।

गर्मी सुरु भएपछि उनीहरू व्यास फर्कन्छन्। यसरी बसाइँ सर्नुलाई ‘कुन्चा’ जानु भन्ने गरिन्छ। लिम्पियाधुरा अतिक्रमणबारे पुस्तक लेखेका अध्येता भण्डारी प्राचीन लिखतमा व्यासी सौकाको थर नभेटिएको बताउँछन्। राणाकालीन लालमोहर, इस्तिहार र सनदमा व्यासीलाई बूढी क्षेत्री भनिएको उनले बताए। दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना भारत–चीनको युद्ध १९६२ देखि नाबी गुन्जी, कटीका बासिन्दासँग नेपालको सम्पर्क भारतले टुटाइदिएको बताउँछन्। ‘यता उनीहरूको सञ्चार छैन, जाडोमा पनि उनीहरू धार्चुलासम्म मात्रै आउन पाउँछन,’ उनले भने, ‘भारतीय सुरक्षाकर्मीले नेपाल आउनै दिँदैनन्।’ केही भने अझै पनि गाईबस्तु चराउन आउने गरेको उनको भनाइ छ। उनले पनि कुटी नाबी, गुन्जीमा करिब २ देखि ३ हजार बसोबास हुन सक्ने बताए।

लिपुभन्ज्याङबाट आएका लिपुखोला र लिम्पियाधुराबाट आएको कालीनदी गुन्जी दोभानमा मिल्छन्। भारतले लिम्पियाधुराबाट आउने नदीको नाम नै परिवर्तन गरेर कुटियाङ्दी बनाएको छ। छाङरु तिङकर टाटा हुँदै तिङकर भन्ज्याङमा नेपाल र चीनको एक नम्बर पिलर छ। १९६१÷६२ सीमांकनमा टिंकर भन्ज्याङबाट करिब ३ किलोमिटर उत्तर लिपुलेक भज्ज्याङसम्म रेखांकन गरिएको सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउँछन्। नेपाल र चीनसँग सीमांकन भएर लिम्पियाधुरा पुग्नु पर्‍यो। भारतको अनुपस्थितमा त्रिदेशीय बिन्दु निर्धारण हुन सकेन। भारत र चीनबीचको युद्ध आलो घाउ भएकोले त्रिदेशीय बिन्दु टुंगिन नसकेको उनको बुझाइ छ। ‘अब नेपाल र चीनबीच यो क्षेत्रमा सीमांकन हुनु पर्‍यो। टिंकरबाट पिलर गाड्दै सीमांकन गर्दै गर्दै पानीढलो सिद्धान्तका आधारमा अंकन गरेर लगी भारत र चीनको लाइन अफ कन्ट्रोल जोडिनुपर्छ’, उनले भने।

दार्चुलाको सदरमुकामबाट कालापानी ९६ किलोमिटर छ। कालापानीबाट लिपुलेक भन्ज्याङ १० किलोमिटर छ। कालापानीबाट छाँगरु १४ किलोमिटर र तिङकरबाट २२ किलोमिटर उत्तरपूर्व छ। लिपुलेक भन्ज्याङबाट १६ किलोमिटर चीन ताक्लाकोट बजार छ। त्यो भूभागको क्षेत्र नेपालको नक्सा बनाउँदा जानकारी गराइएको छैन। तर सीमाविद् श्रेष्ठले लिम्पियाधुरा क्षेत्रमा ३१० र कालापानी लिपुलेक क्षेत्रमा ६२ वर्गकिलोमिटर गरी ३७२ वर्गकिलोमिटर रहेको बताउँदै आएका छन्। पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको सीमा अध्ययनसम्बन्धी प्रतिवेदनमा लिम्पियाधुरा क्षेत्रमा ३३५ र कालापानी, लिपुलेक क्षेत्रमा ६० वर्गकिलोटिर भूभाग रहेको उल्लेख छ।

तर नापी विभागका पूूर्वउपमहानिर्देशक सुरेशमान श्रेष्ठ र सीमा बचाउँ अभियानको नक्सा समिति ७ देखि ८ सय वर्गकिलोमिटर भूभाग हुन सक्ने बताउँदै आएका छन्। श्रेष्ठले नेपालको कुल क्षेत्रफल अब १ लाख ४७ हजार ९ सय ५० वर्गकिलोमिटरको हाराहारीमा हुने बताउँदै आएका छन्। नापी विभागले त्यसको आधिकारिक रूपमा जानकारी नगराएपछि त्यो भूभागको यकिन क्षेत्रफल भने आएको छैन।कालापानीसम्म गएर आएका राजनीतिज्ञ एवं अध्येता ऋषिराज लुम्साली कौवासम्म समथर पाटन राम्रो भूभाग भएको बताउँछन्। उनी गुन्जी हँुदै कौवासम्म पुगेका थिए। यहाँभन्दा माथि कालो पत्थर चट्टान छ। धुपी सल्ला र घागरु वनस्पति त्यहाँ पाइन्छ। उनका अनुसार २०१८ तिर गुन्जी दोभानसम्म गुरुङ समुदायको बसोबास भेटिएको छ। त्यसभन्दा माथि कुटी र नाबीमा सौका समुदायको बसोबास छ। त्यहाँ फापर कोदोजस्ता अन्न मात्रै फल्छ।

‘नक्सा र खोला फेर्दै भारतले त्यहाँका जनताको मानसिकतामा परिवर्तन गराएको छ’, उनले भने, ‘उनीहरूलाई नेपालमा नागरिकता दिने र तिरोतिरन गर्ने व्यवस्थाको पहल थाल्नुपर्छ। अनि मात्र गुमेको भूमि पाउन दबाब पर्छ।’ अन्नपुर्णपोष्ट दैनिक