१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र प्रचण्डले राति राष्ट्रपति निवासमा डेढघन्टा के छलफल गरे ?



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्ड सोमबार राति राष्ट्रपति विद्या भण्डारी निवासमा पुगेका थिए । राष्ट्रपति भण्डारी समेत सम्मिलित रहेर उनीहरुले राति ९ बजेबाट करिब डेढभन्टा छलफल गरेका छन् । 

शीतल निवासबाट प्राप्त सूचनामा राष्ट्रपति समेतको संलग्नतामा भएको सो छलफलमा विशेषगरी नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारेमा कुराकानी भएको थियो । नेपालको संसदले हालै नेपालको भारतद्धारा अतिक्रमित भूमि समेटेर तयार पारिएको नक्सालाई संविधान संशोधन गरेर आफ्नो बनाएपछिको परिस्थितिका साथै एमसिसिको विषयमा पनि सो बैठकमा छलफल भएको अनुमान गरिएको छ । 

नक्सा तथा एमसिसिको विषयमा समेत नेकपाका अध्यक्ष प्रचण्ड विगत लामो समयदेखि नै मौन रही आएका छन् । उनले अस्तीको संसदमा १५ मिनेट बोल्ने बाहेक प्रचण्डले खासै कुनै प्रतिक्रिया दिएका छैनन् । उनी वर्तमान सरकारसँग पनि असन्तुष्ट रही आएको बताइन्छ । 

त्यसैले यो पछिल्लो बैठकमा उनीहरुको छलफललाई अर्थपूर्ण रुपमा लिइएको छ । सुरुमा एमसिसिका विषयमा पनि आलोचक देखिएका प्रचण्ड अहिले पछिल्ला दिनहरुमा भने मौन रही आएकोले उनी यसप्रति नरम देखिएको अनुमान पनि केहीले लगाएका छन् ।