१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

बेलायत र फ्रान्समा जनजीवन सामान्य बन्दै

बेलायत र फ्रान्समा जनजीवन सामान्य बन्दै
अ अ+ अ-

लन्डन, पेरिस । लकडाउनका कारण घरमै थुनिन बाध्य भएको बेलायत र फ्रान्सवासीको जनजीवन सामान्य बन्दै गएको छ । बेलायतका मुख्य सडकका पसलहरु खुलेका छन् भने फ्रान्समा बार, रेस्टुराँ र पौडी पोखरी खुलेका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएसँगै बेलायतमा करिब ११ साताअघि लकडाउन गरिएको थियो । सोमबारदेखि बेलयातका मुख्य सडकका पसलहरु खुलेपछि किनमेल गर्ने ग्राहकको निकै भीड लागेको थियो । बेलायतले मार्च २३ मा लकडाउन गरेको थियो । सस्तो समानका लागि लोकप्रिय प्रिमार्क, टीके म्याक्सजस्ता पसलहरुबाहिर बिहानैदेखि मानिसको निकै भीड लागेको थियो । लकडाउन चरणबद्ध रूपमा खुकुलो बनाउँदै जाने बेलायत सरकारको योजनाअनुरूप अत्यावश्यक सेवाबाहेकका व्यवसायहरु पनि सञ्चालनमा आएका हुन् । देशैभर आफ्ना स्टोरहरु रहेका ठूला चेन व्यवसायहरुमध्ये केहीले सबै स्टोर सञ्चालनमा ल्याएका छन् । कतिपयले भने तत्कालका लागि सीमित स्टोर मात्रै खुला गरिएको जनाएका छन् ।

बेलायतको मेजर हाई स्ट्रिट चेनहरु जोन लिविसका १३ शाखा, नेक्स्टले ५ सयमध्ये २५ स्टोर, डेभेनहाम्सका इंग्ल्यान्डमा ५० र नर्दन आयरल्यान्डमा ३ वटा स्टोर खुलेका छन् । जेडी स्पोर्टसले इंग्ल्यान्डका सबै ३ सय ९ शाखा र प्राइमार्कले सबै १ सय ५३ स्टोर खोलेका बीबीसीले जनाएको छ । मार्क्स एन्ड स्पेनसर, आर्गोस्, टपसप, स्पोर्ट्स डाइरेक्टदेखि आइकिया, कार, साइकल, फर्निचर, पुस्तक, खेलकुद तथा बिजुलीका पसलसमेत खुलेका छन् । फोटोग्राफी स्टुडियो, टेलरिङ सप, इन्डोर मार्केट पनि खुला भएका छन् । सरकारले इंग्ल्यान्डभरका खुद्रा पसलहरुलाई कोरोना भाइरस रोकथामका लागि आवश्यक सतर्कता कायम गरेर मात्रै खोल्न अनुमति दिएको हो । लकडाउनका क्रममा यसअघि खाद्यान्न, औषधिजस्ता अत्यावश्यक सामग्रीका पसल, सुपरस्टोर, बैंक खुला गरिएको थियो ।

रेस्टुरेन्ट, पब, क्याफे, हेयर ड्रेसर, सिनेमालगायत व्यवसाय भने जुलाई पहिलो सातादेखि खुला गरिने सरकारको योजना छ । सोमबारदेखि कोभिड–१९ का लागि ‘हरित क्षेत्र’ घोषणा भएसँगै फ्रान्सको राजधानी पेरिसलगायत स्थानामा जनजीवन सामान्य बनेको हो । राष्ट्रपति एमानुयल माक्रोंले यसअघि निर्धारण गरिएका उच्च जोखिमका क्षेत्र हटाएपछि अधिकांश क्षेत्रमा होटल, रेस्टुरेन्ट, बार र कफी सप खुलेका हुन् । यद्यपि त्यस्ता पसलमा ग्राहक तथा कामदारले सामाजिक दूरी र स्वास्थ्यसम्बन्धी नियम भने पूर्णरूपमा पालना गर्नुपर्नेछ । कोभिड–१९ को संक्रमण फैलिँदै गएपछि फ्रान्समा मे ११ मा लकडाउन घोषणा गरिएको थियो । त्यसयता संक्रमणको अवस्थाअनुसार विभिन्न क्षेत्रलाई हरियो, पहेंलो, सुन्तला र रातो रंगमा विभाजन गरिएको थियो । रातो र सुन्तला रंग निर्धारण गरिएका क्षेत्रका अस्पतालहरुमा बिरामीको निकै चाप बढेको थियो ।

पेरिसको प्रान्तीय क्षेत्र इल द फासलाई रातो क्षेत्रबाट हरियो निर्धारण गरिएको छ । फ्रान्सका राष्ट्रपति एमानुयल माक्रोंले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै अझै पनि सबै क्षेत्र खुला गरिनु जोखिमपूर्ण हुने बताएका छन् । भाइरसको प्रकोपले खडा भएका चुनौतीहरूको सामना गर्न आफ्नो देश पर्याप्त तयारी अवस्थामा नरहेकाले धेरै स्वास्थ्यसम्बन्धी समस्या भोग्नुपरेको उनको भनाइ छ । लकडाउन खोलिए पनि वृद्ध र जोखिममा परेका व्यक्तिहरूले भने घरमै बस्नुपर्ने उनले सुझावसमेत दिएका छन् । ‘त्यस्ता व्यक्तिहरुलाई सरकारले सहयोग गर्नेछ,’ माक्रोंले भने । उनले नागरिकको स्वास्थ्य परीक्षणलाई तीव्रता दिइने जनाउँदै भनेका छन्, ‘कुनै पनि संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई तत्कालै भेटेर पहिचान गरिनेछ ।’

दोस्रो संक्रमण फैलने चेतावनी

बेलायतमा लकडाउन छिटो खुकुलो पारिएको भन्दै आलोचना भइरहँदा दोस्रो संक्रमण फैलने चेतावनी आएका छन् । बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरुले जाडो याममा भाइरसको दोस्रो लहर आउन सक्ने खतरासँग जुध्ने तयारीका लागि सार्वजनिक छानबिन गराउन प्रधानमन्त्री बोरिस जोनसनलाई आह्वानसमेत गरेका छन् । २७ जना विशेषज्ञहरुले भाइरसको संक्रमण नियन्त्रण गर्न ब्रिटिस सरकारले अपनाएका कदमहरुमा कमजोरीका कारण ज्यान गुमाउनेको संख्या बढी भएको दाबी गरेका छन् । इंग्ल्यान्डमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस), पब्लिक हेल्थ र सामाजिक सुरक्षाको खण्डीकरण, केन्द्र सरकारले स्थानीय निकाय तथा ब्रिटेनका अन्य प्रदेशहरुसँग नजिक रहेर काम गर्न नसक्नु र समयमै आवश्यक वस्तु तथा सेवा किन्न नसक्नु मुख्य कमजोरी रहेको उनीहरुको निष्कर्ष छ ।

‘आर’ भनेर चिनिने भाइरसको संक्रमण दर यूकेको कुनै भागमा अर्को भागको भन्दा उच्च रहेको बताइएको छ । लकडाउन खुकुलो र सामाजिक दूरीको निर्देशिका कार्यान्वयन नभए दोस्रो लहर झन् फैलिने चेतावनी इंग्ल्यान्डका चिफ मेडिकल अफिर क्रिस ह्विटीको पनि छ । त्यस्तै, सबै बालबालिकालाई विद्यालय पठाउने र अभिभावकलाई काममा फर्कन दिने हो भने दोस्रो संक्रमण फैलने चेतावनी अनुसन्धाताहरुको छ । बेलायत सरकारले लकडाउन पुनः लागू नगर्ने हो भने डिसेम्बरतिर अहिलेको भन्दा दोब्बर खतरा हुने उनीहरुको चेतावनी छ । यूसीएल र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन समूहले भने परीक्षण र ट्रेसिङको दायरा बढाए दोस्रो संक्रमण रोक्न सक्ने बताएको छ । कान्तिपुर दैनिक