२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह ‘नामी ओपन हाउस कार्निभल २०८३’ आयोजना हुँदै बिपी अस्पताल सुधार गर्ने प्रतिबद्धता अनुमतिबिनै सञ्चालित ‘मारिया अस्पताल’ बन्द, सञ्चालकमाथि कारबाही प्रक्रिया सुरु ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह



अ+ अ-

काठमाडौँ। नेपाल मेडिकल एशोसिएशनले गर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितीलाई थप जटिल बन्न नदिइ वार्ताद्वारा समस्या समाधान गर्न नेपाल बार एशोसिएशनले आग्रह गरेको छ ।

नेपाल बारका महासचिव केदारप्रसाद कोइरालाले आज प्रेस विज्ञप्ति जारी गरी वार्ताद्वारा समस्या समाधान गर्न नेपाल सरकार र नेपाल मेडिकल एशोसिएशनलगायत सम्वद्ध सबै सरोकारवालालाई आग्रह गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, “नेपाल मेडिकल एशोसिएशनले गर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितीलाई थप जटिल बन्न नदिई वार्ताद्वारा समस्या समाधान गर्न नेपाल बार एशोसिएशन, नेपाल सरकार र नेपाल मेडिकल एशोसिएशनलगायत सम्वद्ध सबै सरोकारवालालाई हार्दिक आग्रह गर्दछौँ ।”

राष्ट्रिय महत्वका एवं सार्वजनिक सरोकारका मुद्दा र अन्य मुद्दामा अदालतबाट भएका फैसलाका बारेमा आमसञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बारको भनाइ छ ।

अदालतबाट भएका विभिन्न फैसलाका बारेमा पूर्णपाठ तयार भएपछि बारले फैसला अध्ययन समितिमार्फत प्राज्ञिक अध्ययन गरी आफ्नो धारणा सार्वजनिक गर्ने गरेको समेत विज्ञप्तिमा छ । रासस