१२ श्रावण २०८३, मंगलवार
,
Latest
वैकल्पिक व्यवस्थापनको माग गर्दै सुकुम्बासी र अव्यवस्थित बसोवासीको प्रदर्शन जारी निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउन सांसद पुनको जोड निर्वाचन प्रणाली र सुरक्षा निकायको भुमिकामाथि सांसद खत्रीको प्रश्न लघुवित्त पीडितले थाले आमरण अनसन प्रदेश सभाको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिन्छः प्रश्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयुक्तको कार्ययोजना मापनयोग्य र नतिजामुखी हुनुपर्छः दंगाल विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगमायाको साहसिक नेतृत्व आज पनि उत्तिकै सान्दर्भिकः उपसभामुख



अ+ अ-

काठमाडौँ। उपसभामुख इन्दिरा राना मगरले महिला आन्दोलनकी अग्रणी अभियान्ता योगमायाको योगदान नेपालको मात्रै नभई विश्वकै इतिहासमा अतुलनीय रहेको बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित ‘योगमाया स्मृति दिवस’ कार्यक्रममा उपसभामुख रानाले निरंकुश राणाशासनकालमा योगमायाले देखाउनुभएको साहस र सामाजिक जागरणका लागि गरेको सङ्घर्ष आजका पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको हो ।

“राणाशासनमा लेख्न, बोल्न र सङ्गठित हुन निषेध गरिएको अवस्थामा योगमायाले सामाजिक सुधार र महिला अधिकारका लागि गरेको योगदान अविश्मरणीय छ”, उहाँले भन्नुभयो, “आजको पुस्ताले योगमायाको जीवनबाट प्रेरणा लिएर महिला हकअधिकारको क्षेत्रमा अझ समर्पणका साथ अघि बढ्नुपर्छ ।”

महिलामाथिको विभेद, हिंसा र अन्यायको अन्त्य गर्न प्रभावकारी कानुनी कार्यान्वयन र घरघरमा चेतनामूलक अभियान चलाउनु आवश्यक रहेको उहाँको भनाइ छ ।

योगमायाले सुरु गरेको सामाजिक रूपान्तरण र महिला सशक्तीकरणको यात्रा अझै सान्दर्भिक रहेको उल्लेख गर्दै उपसभामुख रानाले राज्यका सबै संरचनामा महिलाको समान सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यस अवसरमा राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले योगमायाले समाजिक तथा धार्मिक सुधारमा अतुलनीय योगदान दिएको भन्दै वर्गीय र जातीय विभेद हटाउनमा पनि अह्म भूमिका खेलेको बताउनुभयो ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले सामाजिक रुपान्तरणकी सशक्त अभियान्ता योगमायाले दिनुभएको योगदानको कदर गर्दै आयोगले स्मिृति दिवस मनाउँदै आएको बताउनुभयो । रासस




भर्खरै