१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ ।

आज नेप्से परिसूचक दुई दशमलव ४० अङ्कले बढेर दुई हजार ७०६ दशमलव ३६ को बिन्दुमा कायम भएको हो । आज तीन सय १८ कम्पनीको दुई करोड ७१ लाख ३२ हजार ३०८ कित्ता शेयर ८७ हजार ३९८ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ५० करोड तीन हजार २६८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबैभन्दा बढी अन्य समूह तीन दशमलव शून्य छ र वित्त समूह दुई दशमलव ४९ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ११, लगानी शून्य दशमलव ३७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६३, म्युचुअल फण्ड शून्य दशमलव १४ र व्यापार शून्य दशमलव ८८ प्रतिशतले बढेको छ ।

विकास बैंक एक दशमलव ५३, होटल तथा पर्यटन शून्य दशमलव २५, जलविद्युत् एक दशमलव शून्य पाँच, जीवन बिमा एक दशमलव ३०, लघुवित्त शून्य दशमलव शून्य छ र निर्जीवन बिमा शून्य दशमलव ५१ प्रतिशतले घटेको छ । आज नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी गुडविल फाइनान्स लिमिटेड डिबेन्चर–२०८३ को शेयर मूल्य आठ दशमलव ८७ प्रतिशतले घटेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडको रू ४९ करोड ४० लाख आठ हजार ४८५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–२ को ५१ लाख ५६ हजार ७५० कित्ता खरिदबिक्री भएको छ ।