२२ श्रावण २०८३, शुक्रबार
,
Latest
ढल्केवर ट्रमा सेन्टर निर्माणको अवस्थाबारे सदनलाई जानकारी दिन सरकारलाई सभामुखको निर्देशन हेटौँडा उपमहानगरमा ‘शून्य फोहर’ महाअभियान सुरु ढल्केवरमा प्रश्तावित ट्रमा सेन्टर योजना अन्यत्र सार्न खोजेको भन्दै सांसद यादवको आपत्ति काँग्रेस बलियो भए मात्र लोकतन्त्र जोगिन्छः महामन्त्री पौडेल ढल्केवर ट्रमा सेन्टर स्थानान्तरण गर्ने निर्णयको विरोधमा आन्दोलनको घोषणा पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने संविधान पुनर्लेखन होइन, अभ्यासका आधारमा परिमार्जन आवश्यक छः आङदेम्बे ५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी गंगालाल हृदय केन्द्रको निर्देशकमा प्रा.डा.आशिष गोविन्द अमात्य नियुक्त वर्तमान सरकारले उत्पीडित वर्गको भावना सम्बोधन गर्न सकेनः नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्साको ठोरी साक्षर गाउँपालिका घोषणा



अ+ अ-

वीरगञ्ज । ठोरी गाउँपालिकालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गरिएको छ । “हाम्रो अथक मेहेनत र प्रयासकै कारणले जिल्लाकै पहिलो साक्षर पालिका हुन पाएका छौँ”, ठोरीका गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भन्नुभयोे, “यो गौरवको विषय हो । अन्य रचनात्मक काममा पनि आगामी दिनमा पनि ठोरीले राम्रो कामको सुरुआत गर्दै अघि बढ्नेछ ।”

पालिकामा रहेका तीन हजार ८०९ घरपरिवारका १५ देखि ६० वर्ष उमेर समूहका सरकारले तोकेको १२ सूचकमध्ये आठ वटासम्म सूचक बताउन सक्ने १५ हजार ६७८ जनामध्ये १५ हजार ३२१ जना अर्थात् ९८ दशमलव ८६ प्रतिशत महिला र पुरुष साक्षर रहेकाले पालिकालाई साक्षर पालिका घोषणा गरिएको हो ।

आसमान नेपालको समन्वयमा ठोरी गाउँपालिकाको पाँचवटै वडावासीको घरघरमा पुगेर साक्षरताको सर्भे गरेको थियो । ठोरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुपाल जोशीले वडाको सम्पूर्ण घरमा बसोबास गर्नेसँग सरकारको तोकेको १२ सूचकमध्ये आठवटा सूचक पूरा गरेपछि साक्षर पालिका घोषणा गर्न सम्भव भएको बताउनुभयो ।

जिल्लाको १४ पालिकामध्ये ठोरी साक्षर हुने पहिलो र समग्रमा मधेस प्रदेशका स्थानीय तहमध्ये सातौँ साक्षर पालिका हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ठोरीबाट सुरुआत भएको साक्षर पालिका घोषणा कार्यक्रम अन्य पालिकाले पनि अनुशरण गर्दै जानुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख निरञ्जनप्रसाद साह सोनारले ठोरीले साक्षर घोषणा गरेर अन्य पालिकालाई पनि साक्षर घोषणा गर्नका लागि सकारात्मक दबाब दिएको बताउनुभयो । रासस