३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा नेपाल ३-१ ले पछाडि



अ+ अ-

काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले उज्वेकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

पहिलो हाफ सकिँदा नेपाल ३-१ गोलले पछि परेको छ । खेलको दोस्रो मिनेटमा नै उज्वेकिस्तानले अग्रता लियो ।

डियोराखोन खाबिबुल्लाएभाले गोल गर्दै घरेलु टोलिलाई अग्रता दिलाएकी हुन् ।

१२ औं मिनेटमा उज्वेकिस्तानले अग्रता दोब्बर पार्यो ।
कप्तान लुद्मिला काराचिकले प्रहार गरेको बल नेपालका खेलाडी समिक्षा घिमिरेलाई लागेर गोलमा परिणत भयो ।

२४ औं मिनेटमा नेपालका कप्तान साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-२ को अवस्थामा ल्याइन् । उनले डि(बक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।

३९ औं मिनेटमा उज्वेकिस्तानले ३-१ को अग्रता बनायो । माफ्तुना शोयिमोभाले पेनाल्टीमा गोल गरेकी हुन् ।

खेलको पहिलो हाफको इन्जुरी समयमा उज्वेकिस्तान १० खेलाडीमा समेटियो । नोजिमाखोन एर्गाशेभा रातो कार्ड खाँदै बाहिरिन् । कप्तान साबित्रालाई खराब ट्याकल गरेकी उनलाई रेफ्रीले रातो कार्ड दिँदै मैदान बाहिर पठाए । 

यो खेलको विजेताले एसियन कपमा स्थान बनाउने छ ।