१२ श्रावण २०८३, मंगलवार
,
Latest
कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख… हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ? स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध उज्बेकिस्तानको सुरुवाती दबाब, २–० को अग्रता



अ+ अ-

काठमाडौं। एएफसी महिला एसियन कप २०२६ को छनोट अन्तर्गत समूह ‘एफ’ मा भएको खेलमा नेपाल उज्बेकिस्तानसँग २–० गोलले पछि परेको छ।

खेल सुरु भएको दोस्रो मिनेटमै उज्बेकिस्तानले पहिलो गोल गर्दै अग्रता बनायो। त्यसपछि ११ औं मिनेटमा दोस्रो गोल थप्दै नेपालमाथि दबाब कायम राख्यो।

यो खेल जित्ने टोलीले एसिया कप २०२६ का लागि छनोट हुने भएकाले दुबै टोलीबीच कडा प्रतिस्पर्धा भइरहेको छ। नेपालले यसअघि श्रीलंकाविरुद्ध खेलेको टोलीमा एक परिवर्तन गर्दै आजको खेलमा मिडफिल्डर पूजा रानालाई प्रीति राईको स्थानमा मैदानमा उतारेको हो।

गोलकिपरको भूमिकामा अन्जना रानामगर छिन् भने रक्षापंक्तिमा समीक्षा घिमिरे, गीता राना र निशा थोकर रहेका छन्। मिडफिल्डमा पूजा राना, रेनुका नगरकोटे, सरस्वती हमाल, सबिता रानामगर र अनिता बस्नेतले टोली सम्हालेका छन्।

आक्रमणको अग्रपंक्तिमा अनुभवी स्ट्राइकर साबित्रा भण्डारीलाई रश्मी घिसिङले साथ दिएकी छन्। नेपालले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरिरहेको छ, तर उज्बेकिस्तानको बलियो सुरक्षापंक्तिले चुनौति दिइरहेको छ।