२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फ्री अफर’सहित ललितपुरमा राइडरहरूलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण



अ+ अ-

ललितपुर। नेपालमै पहिलो पटक सुरु गरिएको ऐतिहासिक स्वरोजगार योजनाअन्तर्गत आज ललितपुरको भैसेपाटीमा राइडरहरूलाई इलेक्ट्रिक स्कुटर (इभि) वितरण गरिएको छ।

‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा अघि बढाइएको योजनाको पहिलो चरणमा राइडरहरूलाई विशेष ‘फ्री अफर’ पनि प्रदान गरिएको छ।

उद्घाटन समारोहमा अवकाश प्राप्त मेजर जेनेरल सुरेश कुमार कार्की, अवकाश प्राप्त एआइजी जनक भट्टराई, इ-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्के र यांगो  नेपालका प्रमुख सन्तोष पाण्डेले संयुक्त रूपमा रिबन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए।

आज आयोजित कार्यक्रममा सहभागी राइडरहरूलाई आजको दिन भाडा नलाग्ने विशेष फ्री अफर दिइएको हो। उनीहरूले (इभि) स्कुटर प्राप्त गर्दै सुरुवातमै खर्च बिना काम गर्न पाउने अवसर पाएका छन्, जसले उनीहरूमा हौसला थपेको देखिएको छ।

इ-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले भने “आज हामीले पहिलो चरणमा इच्छुक र योग्य राइडरहरूलाई (इभि) स्कुटर वितरण गरिसकेका छौं। उनीहरूलाई सुरुवातको लागि फ्री अफर प्रदान गरिएको छ, जसले उनीहरूलाई रोजगारी सुरु गर्न सहज बनाउनेछ।”

ई-ड्राइभ नेपाल कामुख्य कार्यकारी अधिकृत सबिन भट्टराईले भने: “राइडरले आजबाटै स्कुटर चलाएर आम्दानी सुरु गर्न सक्छन्। फ्री अफरले उनीहरूमा थप ऊर्जा र आत्मविश्वास पैदा गरेको छ।”

‘तपाईको बजार’ का संचालक सुशील सङ्रौलाले भने : (इभि) वितरणको यो क्षण हाम्रो लागि गौरवको हो। यो केवल साधनको वितरण होइन, यो नेपाली युवाको भविष्यमा गरिएको लगानी हो।”

कार्यक्रममा सहभागी राइडर दिपक थापाले आफ्नो अनुभव सुनाउँदै भने: “मैले पहिले सेकेन्डहेन्ड स्कुटर चलाउँथें, धेरै मर्मत खर्च हुन्थ्यो। अहिले यो योजना मार्फत नयाँ इभि स्कुटर पाएँ। आम्दानी पनि बढेको छ, आत्मविश्वास पनि।”

यस योजनाले विदेशी इन्धनको खर्च घटाउने, नेपालमै उत्पादित विद्युतको उपयोग बढाउने, र स्वदेशी प्रविधिको प्रवर्द्धन मार्फत हरित यातायात प्रणालीको विकासतर्फ एक महत्वपूर्ण पाइला चालेको आयोजक संस्थाहरूको विश्वास छ। साथै, यसले नेपाली युवालाई स्वदेशमै आत्मनिर्भर बन्न प्रेरणा दिने लक्ष्य लिएको छ।




भर्खरै