२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वन क्षेत्रलाई उत्पादन र आयआर्जनको माध्यमका रूपमा विकास गर्छौं’



अ+ अ-

अर्घाखाँची। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताउनुभएको छ ।

आज अर्घाखाँचीको डिभिजन वन कार्यालयअन्तर्गतको डिभिजन वन नर्सरी, रुब्दीको अवलोकनपश्चा् उहाँले वृक्षरोपण मात्र नभइ त्यसपछिको संरक्षण र उपयोगितामा ध्यान दिनुपर्ने बताउनुभयो ।  मुख्यमन्त्री आचार्यले भन्नुभयो, “वनमा खेर जाने पातपतिङ्गर र झार सङ्कलन गरेर प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न सकिन्छ । यसले वन व्यवस्थापनमा योगदान पुग्नुका साथै डढेलो नियन्त्रणमा सघाउ पुर्याउँछ।”

उहाँले सामुदायिक वनलाई प्राङ्गारिक मल उत्पादनमा सक्रिय बनाइ कृषि क्षेत्रसँग जोड्न सकिए यसले प्रदेश सरकारले अघि सारेको अर्गानिक खेती अभियानलाई थप टेवा पु¥याउने बताउनुभयो । वन क्षेत्रलाई केवल संरक्षणको दृष्टिकोणले मात्र नभइ उद्यम, रोजगारी र आयआर्जनको स्रोतका रूपमा बिस्तार गर्ने खालका कार्यक्रम आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ थियो ।

डिभिजन वन कार्यालयका सहायक वन अधिकृत केशर खड्काका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा ६३ हेक्टर क्षेत्रमा वृक्षरोपण गर्ने लक्ष्यअनुसार काम भएको छ । साउन १४ गतेसम्म करिब एक लाख बिरुवा वितरण भइसकेको उहाँले जानकारी दिनुभयो ।

हाल जिल्लाभित्र छ वटा नर्सरीमा एक लाख ६३ हजार वर्षे र बहुवर्षे बिरुवा तयारी अवस्थामा रहेको डिभिजन वन प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।   डिभिजन वन कार्यालयले तेजपात र टिमुरको खेती बिस्तारको अभियान थालेको उहाँले बताउनुभयो ।

हालसम्म टिमुरका २० हजार ५००  र तेजपातका १२ हजार ९०० बोट रोपण गरिएको र यो अभियान साउन १४ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । बिरुवा रोपिएका क्षेत्रहरूको प्रभावकारी अनुगमनका लागि ‘जिपिएस लोकेसन’ प्रणालीमार्फत निगरानीको व्यवस्था गरिएको पनि कार्यालयले जनाएको छ । रासस