१२ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशमा रहेका नेपालीलाई मतदानको अवसरदेखि ई–भोटिङसम्म, यस्ताे छ प्रस्तावित निर्वाचन आयुक्त वाग्लेको कार्ययोजना देवानगञ्ज हिंसाबारे निष्पक्ष छानबिन गर्न राप्रपाको माग, पीडितलाई न्याय दिन आग्रह निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु नै प्रमुख चुनौतीः उपनेता अर्याल गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही नेपाल–क्यानडा द्विपक्षीय परामर्श संयन्त्र बैठक यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई



अ+ अ-

कास्की। गण्डकी प्रदेशस्तरीय टी-२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । यससँगै स्याङ्जाले लगातार दोस्रो पटक उपाधि चुम्न सफल भएको हो ।

पोखरामा प्रादेशिक क्रिकेट सङ्घ गण्डकीको आयोजनामा भएको प्रतियोगिताको आज फाइनल खेलमा कास्कीलाई सात विकेटले हराउँदै स्याङ्जाले रु एक लाखसहित ट्रफी र मेडल पुरस्कार पायो । उपविजेता कास्कीले रु ५० हजार प्राप्त गरेको आयोजकले जनाएको छ ।

आजको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कास्कीले निर्धारित २० ओभरको खेलमा १६ ओभरमा ‘अलआउट’ हुँदै ५६ रन बनाएको थियो । उपाधि जित्नका लागि ५७ रनको विजयी लक्ष्य पाएको स्याङ्जाले १० ओभरको तेस्रो बलमा लक्ष्य भेटायो ।

स्याङ्जाका लागि सिमाना केसीले १७ रनको ‘अविजित’ पारी खेलिन् । उनले २२ बलमा एक चौका प्रहार गरिन् । कुशुम गोदार ११ रनमा ‘अविजित’ रहिन् । उनले १३ बलमा एक चौका प्रहार गरिन् । ओपनर श्रेया शाह पाँच, सलिना सेन छ, ज्योत्सनिका मरासिनी छ रनमा आउट भइन् । कास्कीका लागि रचना चौधरी र यशोदा भुजेलले समान एक÷एक विकेट लिए ।

कास्कीका लागि रेखा तामाङले २४ र रचना चौधरीले १४ बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन् । रेखाले २८ बलमा दुई चौका र एक छक्का हानिन् । रचनाले २५ बलमा दुई चौका प्रहार गरिन् । स्याङ्जाका लागि अपेक्षा बुढाथोकीले तीन ओभरमा छ रन खर्चेर सर्वाधिक चार विकेट लिइन् । सिमाना केसीले चार ओभरमा १३ रन खर्चेर तीन विकेट लिइन् ।

स्याङ्जाकी सिमाना केसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनी खेलको ‘वुमन अफदी म्याच’सँगै उत्कृष्ट बलरसमेत घोषित भइन् ।

कास्कीका सिर्जना पौडेल उत्कृष्ट ‘ब्याटर’ र सोनिमा पुन मगर उदियमान खेलाडी घोषित भइन् । यही असार १८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र पर्वत जिल्लाको सहभागिता थियो । रासस