३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाहाल बाबुछोराको कविता सङ्ग्रह ‘वंशवृक्ष’ लोकार्पण



oplus_0
अ+ अ-

काठमाडौँ। वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल र उहाँका छोरा इञ्जिनियर अनिमेष दाहालको संयुक्त कविता सङ्ग्रह ‘वंशवृक्ष’ लोर्कापण गरिएको छ ।

साहित्यिक पत्रकार सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष एवं साहित्यकार दाहाल र उहाँका छोराद्वारा लिखित कविता सङ्ग्रहको लोकार्पण गरिएको हो ।

मिलाप पब्लिकेशन प्रालिले प्रकाशन गरेको यस कविता सङ्ग्रहमा पहिलो खण्डमा बाबुका १७ र दोस्रो खण्डमा छोराका १३ कविता समेटिएका छन् । यी कविता गद्य र मुक्त छन्दमा लेखिएका छन् ।

पत्रकार दाहालले व्यस्तता समयका बीच केही समय बचत गरेर यी कविता सृजना गरिएका भन्दै यस सङ्ग्रहको शीर्षकले बाबुछोरालाई साहित्य सिर्जनासँग जोडिएको प्रसङ्ग सुनाउनुभयो ।

छोरा अनिभेषसँग अमेरिका बसाइँका क्रममा आफूले रचना गरेका कविताहरू यस सङ्ग्रहमा समेटिएको उहाँले जानकारी दिनुभयो । कविता र कथा कुनै निश्चित समयका लागि मात्र नलेखिने भन्दै दाहालले साहित्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

रचनाकार अनिमेषले प्रवासबाट साहित्य क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । यस कविता सङ्ग्रहमा रचनाकारद्वयले राजनीतिक व्यङ्ग्य, समाजको चित्रण र प्रकृति चिन्तन गरेको कार्यक्रममा उपस्थित समीक्षकहरूले बताएका छन् ।  साहित्यकार तथा पत्रकार विनोद दाहाल र खेमनाथ दाहाललगायतले कविता सङ्ग्रहबारे चर्चा गर्नुभएको थियो । रासस