२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा १०-१७ वर्षसम्मका बालबालिकाको श्रमशक्ति सहभागितादर ३२.१ प्रतिशत



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख रहेको छ ।  कुल जनसंख्यामध्ये २ करोड ३९ लाख (८२.२प्रतिशत) व्यक्ति १० वा सो भन्दा माथिको उमेर समूहमा पर्दछन् । ती मध्ये १ करोड ५७ लाख (६५.५प्रतिशत) व्यक्तिहरुलाई आर्थिक रुपले सक्रिय जनसंख्या मानिएको छ । कुल श्रमशक्तिमध्ये ८२ लाख पुरुष र ७५ लाख म्हिला रहेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

प्रदेशहरुमध्ये आर्थिक रुपले सक्रिय जनसंख्या सबैभन्दा धेरै (३४ लाख) वागमती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम (९ लाख ५० हजार) मात्र रहेका छन् । भौगोलिक क्षेत्रअनुसार तराईमा सबभन्दा धेरै (७८लाख) आर्थिक रुपले सक्रिय जनसंख्या छ । हिमाली क्षेत्रमा सबैभन्दा कम (१०लाख) छन् ।

नेपालमा १० वर्ष वा सो भन्दा माथिको जनसंख्याको श्रम सहभागिता दर ६५.५ प्रतिशत रहेको छ । जसमा पुरुषतर्फ ७१.३ प्रतिशत  र महिलातर्फ ६०.४ प्रतिशत रहेको छ ।

नेपालमा १० वा सो भन्दा माथिको उमेर समूहमा अक्सर बेरोजगारी व्यक्तिहरुको संख्या ७ लाख ६७ हजार ६ सय ५८ रहेको छ । जसमा ४ लाख ९ सय २८ पुरुष छन् भने ३ लाख ६६ हजार ७ सय ३० महिला रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, रोजगारको स्थिति चार प्रमुख श्रेणीहरुमा वर्गीकरण गरिएको तथ्यांक कार्यालयले जनाएको छ । जसमा ४२ लाख(२८.६प्रतिशत) अरुको काम गर्ने, २ लाख (१.४प्रतिशत) रोजगारदाता, ८२ लाख (५५.३प्रतिशत) आफ्नै काम गर्ने र २१ लाख (१४.५प्रतिशत) परिवारलाई सघाउने देखिएका छन् ।

कुल श्रमशक्तिको सबैभन्दा ठूलो (८५लाख, ५७.३प्रतिशत) हिस्सा प्राथमिक क्षेत्र (कृषि, वन र मत्स्यपालन) मा संलग्न रहेको पाइएको छ । नेपालको १० वर्ष र माथिका कुल जनसंख्यामा केवल १ करोड ३ लाख (४२.९प्रतिशत) व्यक्तिहरु अक्सर रोजगार रहेका छन् । १० देखि १७ वर्षसम्मका बालबालिकाको श्रमशक्ति सहभागितादर ३२.१ प्रतिशत रहेको छ । जसमा पुरुष ३१.९ प्रतिशत र महिला ३२.२ प्रतिशत छन् ।

नेपालको खेतीयोग्य जमिनको स्थिति

२०७८ को जनगणनाअनुसार नेपालमा अक्सर खेतीयोग्य भूमिमा शहरीकरण हुने गरेको पाइएकोे छ । नेपालमा २०६८ देखि २०७८ सम्म खेतीयोग्य जमिन १६.६ प्रतिशत (२२ लाख हेक्टरबाट १८ लाख हेक्टर) ले घटेको छ । सबैभन्दा धेरै खेतीयोग्य भूमि सुदूरपश्चिम प्रदेशमा घटेको छ । सुदूरपश्चिममा ९.१ प्रतिशत, गण्डकीमा ७ प्रतिशत र कर्णालीमा ५.४ प्रतिशत मा उब्जाउ भूमि न्युन भएको छ ।